अखिल (समाजवादी) बागमती प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न ,यस्ता छन निर्णयहरु

परिवर्तन सन्देश

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) बागमती प्रदेश समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सी को अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सी को प्रमुख आतिथ्यता ,संगठनका महासचिव प्रकाश सी,सचिवहरु कपिल सी,प्रकाश सी,संगठनको केन्द्रीय सचिवालय सदस्य एवम् केन्द्रीय छात्रा विभाग प्रमुख तारा सी,संगठनका केन्द्रीय सचिवालय सदस्यद्वय रमेश सी, सुवास सी को आतिथ्यता ,संगठनका सचिवालय सदस्य एवम् बागमती प्रदेश सह इन्चार्ज अनिल सी, बागमती प्रदेश अन्तर्गतका भूगोल र गौरभौगोलिक जिल्लामा कार्यरत नेतृत्व,प्रदेश सदस्य हरुको उपस्तिथिमा सम्पन्न भएको हो।

बैठकमा संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सी ले एकीकृत जनक्रान्ती र जेन्जी बिद्रोहले संसदीय व्यवस्था असफल भैसकेकाले अबको निर्वाचनले संविधान संशोधन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नुपर्ने बताए साथै यसको निम्ति सबै सचेत युवा विद्यार्थी एकजुट भएर लाग्नुपर्ने बताए ।साथै उनले फागुन मा गर्ने भनिएको संघको निर्वाचन र अखिल (समाजवादी) को २४ औ राष्ट्रिय सम्मेलन संग संगै भएकाले तीब्र गतिमा काम गर्न निर्देशन दिएका थिए। उनले आन्दोलन र संगठन लाई नयाँ ढंगले अगाडी बढाउनु पर्ने अहिलेको आवस्यकता रहेको बताएका थिए। 

बैठकमा संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सी ले बागमती प्रदेशको संगठन लाई चुस्त बनाउन र शैक्षिक आन्दोलन लाई उचाइमा पुर्‍याउन सबैले मेहनत गर्नु पर्ने बताए साथै उनले कार्यक्षेत्रमा केन्द्रित भएर गम्भीरतापूर्वक सबैले जिम्मेवारी बहन गर्नु पर्ने आवस्यकता रहेको बताए । साथै संगठनको राष्ट्रिय सम्मेलन बागमती प्रदेशको भूगोलमै हुने भएकाले त्यसको लागि सांगठनिक ,व्यवस्थापकीय पाटोलाई चुस्त दुरुस्त बनाउन मेहनत गर्ने बताए । 

संगठन बागमती प्रदेश सह इन्चार्ज अनिल सी यहीँ कार्तिक २२,२३,२४ गते सम्पन्न संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको सर्कुलर/परिपत्र बाचन गरेका थिए।    

   बिदाई तथा स्वागत सम्मान 

 यहीँ कार्तिक २२,२३,२४ गते सम्पन्न संगठनको केन्द्रीय समितिको चौथो बैठकले  सचिवालय सदस्य अनिल सी लाई बागमती प्रदेशको सह इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको थियो भने ,बागमती प्रदेशका सह इन्चार्ज रमेश सी लाई कार्यालयमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो सोही निर्णय अनुसार प्रदेश सह इन्चार्ज अनिल सी लाई स्वागत र कार्यालयमा स्थानान्तरण हुनु भएका संगठनका सचिवालय सदस्य रमेश सी लाई विदाई गरिएको थियो। साथै ध्रुवीकरण बाट आएका गणेश सी र अखिल (समाजवादी) बाट स्ववियु बानेश्वर क्याम्पस सदस्यमा निर्वाचित अनिता सी लाई स्वागत गरिएको थियो ।

अभियान, बैठक तथा सम्मेलनहरु

अखिल (समाजवादी) ले बागमती प्रदेशभर शिक्षा सुधार अभियान २०८२ यहीँ मंसिर ८ गते बाट संचालन गर्ने भएको हो। प्रदेश भरका क्याम्पस ,कलेज ,विद्यालयमा पुगेर विद्यार्थी संग भेटघाट छलफल र संगठन विस्तार गर्ने निर्णय लिएको बताइएको छ । यहीँ अभियानकै बिचमा जिल्लाहरुको बैठक ,भेला,सम्मेलन गर्ने निर्णय पनि गरेको छ। अखिल (समाजवादी) को २४ औं राष्ट्रिय सम्मेलन आगामी फागुन ५ गते देखि काठमाडौमा हुदैछ ।

प्रतिक्रिया