अखिल समाजवादी का नेता लोकेश जोशीको पहलमा कैलाली को जोशिपुर गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक विद्यालायमा अध्ययनरत ६७ जना विशेष क्षमता (अपांगता) भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन। विद्यार्थी नेता लोकेशले शैक्षिक सामाग्री सानो भएपनि विशेष विद्यार्थीको आत्मसम्मानलाई उच्च राख्न र शारीरिक रूपमा कम्जोर भएपनि उहाँहरुको मनोबल सधैं दृढ होस् भन्ने हेतुले उक्त रचनात्मक कार्यक्रम राखिएको बताए। उक्त वितरण कार्यक्रममा अध्यक्ष चित्र बहादुर चौधरी , अखिल समाजवादी का कोषाध्यक्ष बबरजङ्ग सिंह, अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य लोकेश जोशी, शिक्षा शाखाका प्रतिनिधि योगेश जोशी , २३ वटै बिद्यालयका प्र,अ/ शिक्षक प्रतिनिधि, पत्रकार र विद्यार्थीका अभिभावक हरुको सहभागिता रहेको थियो ।
५ साउन २०८२, आईतबार ०४:५८ मा प्रकाशित
1161