प्रकाश वलीको निधन प्रति नेकपा (माओवादी) रोल्पा द्वारा शोक व्यक्त

परिवर्तन सन्देश

रोल्पाको माडी गाउँ पालिका वडा २ घर्तीगाउँ निवासी २४ र्बर्षिय युवा प्रकाश वलीको शनिबार राति १ बजे अकस्मात निधन भएको छ । राति १ बजे एक्कासि बेहोस भएको थाहा पाएपछि परिवारले नजिकै रहेको स्मृति हस्पिटलमा पुर्याएका  थिए । हस्पिटल पुर्याउनासाथ स्वास्थ्यकर्मी हरुले उनलाई मृतक घोषणा गरेका थिए। प्रकाश वली पछिल्लो समय जेन जी रोल्पा जिल्लाको संयोजक थिए। उनले माडी गाउँ पालिकामा भएको भनिएको अनियमितता ,भ्रष्टाचार विरुद्ध संघर्ष गर्दै आएका थिए। उनि युवाहरुमाझ लोकप्रिय थिए। प्रकाश वलीको आजै रोल्पा जिल्ला अस्पताल रेउघा रोल्पामा पोस्टमार्टम पछि चिउरागाड खोलामा अन्त्येष्टि गरिएको हो । नेकपा (माओवादी) का केन्दीय सदस्य दल बहादुर खत्री (जागृती सी)  प्रार्थीव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्वान्जली दिएका थिए ।


प्रकाश वलीको निधन पछि नेकपा (माओवादी) रोल्पाले जेन जी युवाहरुको अगुवाको निधनले पार्टीलाई मर्माहित बनाएको भन्दै पार्टी रोल्पा जिल्ला इन्चार्ज असिना सी र पार्टी जिल्ला सेक्रेटरी पृथ्वी सी ले शोक वक्तव्य जारी गरेका छन ।  प्रकाश वली  पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओबादी) का केन्द्रिय प्रतिनिधि समिति सदस्य दिनेश सी का पुत्र हुन ।

नेकपा (माओवादी) रोल्पा जिल्ला समिति द्वारा जारी शोक बक्तब्यको पूर्ण पाठ 


रोल्पा जिल्ला माडी गाउँपालिका वडा नं. २ घर्तीगाउँ निवासी तथा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओबादी) केन्द्रिय प्रतिनिधि समिति सदस्य क. दिनेश सीका सुपुत्र जेन्जी युवाहरुको अगुवाको भूमिका निर्बाह गर्दै आउनुभएका प्रकाश वलीको यहि मिति २०८३ असार १३ गते भएको असामयिक निधनले हाम्रो पार्टीलाई निकै मर्माहत बनाएको छ ।मृतक प्रकाश वली प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रतिक्रिया