रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना कर्मचारी सम्पर्क बिहिन भएका छन। यहि असार २३ गते राति ९ बजे गापाको भुक्तानि गर्दा नेटवर्कको समस्या भएको र रुकुम मा गएर भुक्तानि गर्छौ भन्दै हिडेको र अहिले सम्पर्कमा नआएको फोन गर्दा फोन अफ रहेको र खोजि गर्दा रुकुम पूर्वमा नभेटिएकाले खोजि गरिदिन साथै कसैले जानकारी पाए खबर गरिदिन भन्दै थवाङ गाउँ पालिका अध्यक्ष रिषिकेश बुढा मगरले एक प्रेस बिज्ञप्ति जारी गरेका छन ।
सम्पर्क विहिन भएका कर्मचारीहरुको विवरण
१. हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत
२. हरिश माझी, सहायक प्रशासन पाँचौ
३. यज्ञ प्रसाद कडेल, सह-लेखापाल
४. चन्द्र प्रकाश ओली, सव-इन्जिनियर
५. निशा आचार्य, सव-इन्जिनियर
६. शिव कुमार वली, खा.पा.स.टे
७. प्रदिप के.सी., सवारी चालक
गाउँ पालिका अध्यक्षले जारी गरेको प्रेस विज्ञप्ति को पुर्ण पाठ
उपर्युक्त सम्बन्धमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भई बेलुकी ७-८ बजे आसपास देखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएकाले मिति २०८२ असार २३ गतेका दिन राति करिब ९ बजे यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृतले मिति २०८२ असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न OTP Code का लागि रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र हाल प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजि कार्य गर्दा रुकुम पूर्वमा नभटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
कर्मचारीहरुको विवरण
१. हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत
२. हरिश माझी, सहायक प्रशासन पाँचौ
३. यज्ञ प्रसाद कडेल, सह-लेखापाल
४. चन्द्र प्रकाश ओली, सव-इन्जिनियर
५. निशा आचार्य, सव-इन्जिनियर
६. शिव कुमार वली, खा.पा.स.टे
७. प्रदिप के.सी., सवारी चालक