भुमि समस्या समाधान आयाेग दाङले गढवामा गर्‍यो केही दिनमै पुर्जा वितरण तयारी

नबिन के.सी

भुमि समस्या समाधान आयाेग दाङ ले आज असार ११गते गढवा गाउँपालिका वडा वडा न २ स्थित डांडाटाेलमा रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्वासिहरूलाई जग्गा दर्ता तथा जग्गा  धनि प्रमाण  पुर्जाकाे अन्तिम तयारी कार्य सम्पन्न गरेकाे छ ।

भुमि समस्या समाधान आयाेग का अध्यक्ष हुकुम बहादुर बस्नेत काे अगुवाई तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा र सिएस आर सि दाङ का कार्यक्रम संयाेजक रेमन्त चाैधरि काे  उपस्थितिमा जग्गा दर्ता तथा पुर्जा तयारी  कार्यक्रम सम्पन्न भएकाे हाे ।

जग्गा दर्ता कार्यक्रममा सहभागी भुमिहिन दलित र भुमिहिन सकुमवासी जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्ने कुराले निकै हर्षित हुँदै पुस्तौँ पुस्ता देखिकाे सपना पूरा हुनै लाग्दा  अहिलेकाे आयाेगले छिटाे छरिताे र जनताई सहजताकाे लागि घर घरमै पुगेर काम  गरिदिने आयाेगका अध्यक्ष पाएकाले खुसि छाै  भन्दै   हर्षिका साथ   पुर्जामा सनाखत गरेका थिए। 

यता आयाेगका अध्यक्ष बस्नेतले गढवामा सुरूवाती चरणमा डांडाटाेलबाट सिमित सङ्ख्यामा केही दिनमै पुर्जा बितरण  हुनेभएपनि  अब   सवै वडाका भुमिहिन दलित र भमुहिन सुकुम्बासि संग सगै अब्यबस्थित का फाईलहरू पनि अघि वढेकाले  सवै काे हातमा पुर्जा थम्याउने गरि आयाेग ले आफ्नाे काम लाई अघि बढाएकाे वताउनु भयाे।


प्रतिक्रिया