माओवादी - छोडे प्रचण्डले ,रोजे विप्लवले ,विप्लव प्रति चारैतिर सकारात्मक प्रतिक्रिया

परिवर्तन सन्देश

नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले नेकपाबाट नाम परिवर्तन गरेर नेकपा (माओवादी) नाम राख्ने निर्णय भएको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा दल दर्ता  गरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले हिजो आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । नेकपा (माओवादी) का महासचिव विप्लवलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको प्रमाणपत्र दिएका हुन् । विप्लव नेतृत्वको नेकपा (माओवादी) ले गुलाफको फूल चुनाव चिन्ह पाएको छ । पुष्पकमल दाहाल प्रचण्ड ले माओवादी छोडेर विभिन्न साना समूह संग मिलेर पार्टीको नाम माओवादी र माओवादी विचार छोडेर पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र मार्गदर्शक सिद्धान्त माओवाद छोडेर माक्र्सवाद ,लेनिनवाद मात्रै राख्ने सहमति गरि निर्णय गरेपछि माओवादी जनयुद्ध लडेका घाइते अपांग ,सहिद परिवार वेपत्ता परिवार र नेता कार्यकर्ताहरु चिन्तित र निराश भएको र   विप्लब नेतृत्वको पार्टीले नेकपा (माओवादी) नामको दल दर्ता गरि प्रमाणपत्र ल्याउदा जनतामा खुशी फर्किएको नेकपा (माओवादी) का एक नेताले बताए । यस्तै पूर्व जनमुक्ति सेनाका कमान्डरहरु,जनयुद्धका गायकहरु,सहिद परिवार ,घाइते अंपाङ,बेपत्ता परिवारहरुले पनि विप्लव ले नेतृत्व गरेको नेकपा (माओवादी) लाई बधाई शुभकामना दिइरहेको देखिएको छ ।

 निर्वाचन आयोगको कार्यालय जमल काठमाडौ बाट दल दर्ता प्रमाणपत्र लिदै नेकपा (माओवादी) का महासचिव विप्लव ले माओवादीले नेपाली जनताको सुख,नेपाली जनताको अधिकार ,नेपाली जनताको मुक्ति ,देशको स्वाधीनताको यात्राको लागि धेरै उतारचढावको यात्रा तय गर्दै यहाँ सम्म आएको र सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्ध बिद्रोह गर्दै विभिन्न मोर्चाहरुमा संघर्ष गर्दै नेकपा माओवादी नयाँ गुण,नयाँ सार तत्व ,नयाँ अठोट ,नयाँ विश्वास सहित निर्वाचनमा जाने गरि दर्तामा सहभागी भएको र यो एउटा नयाँ अभियान सुरु भएको भन्दै अभियानमा सहभागी सबैलाई धन्यवाद दिएका थिए साथै सहज ढंगले निर्वाचन आयोगले पनि काम गरिदिएकोले निर्वाचन आयोग लाई पनि धन्यवाद दिएका थिए। नेकपा (माओवादी) नाम निर्वाचन आयोगमा दर्ता भएपछि चौतर्फी चर्चा परिचर्चा सुरु भएको छ ।

विप्लवले नेतृत्व गरेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र चुनाव चिन्ह गुलाफको फुल हुने छ।

प्रतिक्रिया