भलिबलका राष्ट्रिय खेलाडी भीम डाँगी बाट जन्म दिनको अवसरमा खेल सामग्री वितरण

परिवर्तन सन्देश
 राष्ट्रिय खेलाडी भीम डाँगी (टावर ) ले आफ्नो जन्म दिनको अवसरमा  परिवर्तन गा पा २ राङ्सी भालाका हिरिवनमा एक दिने भलिबल प्रशिक्षण तथा भलिवल खेलको लागि आवस्यक पर्ने भलिवल र नेट वितरण गरेका छन।

रोल्पाको राङ्सीमा जन्मेका भीम डाँगी गाउँघरमा सामान्य कपडा, मोजा बाट निर्माण गरिएको बल खेलेर राष्ट्रीय खेलाडी बन्न सफल भएका हुन , उनि नेपाल एपिएफ क्लब बाट व्यावसायिक खेल खेली सकेका राष्ट्रीय खेलाडी हुन ।
खेल सामग्री वितरण गर्दै उनले आफूले भलिबल खेल्दा भोगेको दुःख सम्झेर जन्म दिनको अवसरमा भलिबल खेल्दै सिक्दै गरेका खेलाडीहरुलाई बल तथा एक दिने प्रशिक्षण कार्यक्रम को आयोजना गरेको बताए ।खेल सामग्री र प्रशिक्षण प्राप्त गरेपछि युवा खेलाडीहरु सारै हर्षित र खुसी भएका थिए ।
परिवर्तन सन्देश संग छोटो कुरा गर्दै भिम डाँगीले भने मैले पनि भलिबलमा १६ वर्ष खेलेर र ४ वर्ष प्रशिक्षण गरेर अहिले सम्म भलिबल सगै छु तर रोल्पामा भलिबल क्षेत्रमा धेरै खेलिने भएपनि खेलाडीहरु राष्ट्रिय स्तर सम्म कमै मात्रमा पुगेको देख्दा सारै दुःख लागीरहेको बताए ।

प्रतिक्रिया