धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् ।
नेकपाका कार्यकर्ताहरु कार्यकक्षमौ प्रवेश गरि न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् ।
उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारुको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे भन्दै कालोमोसो प्रहार गरेको नेकपा बहुमतका एक नेताले बताए।
पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता मोहम्मद अफताव आलम माथी २०६४ सालको संविधान सभा निर्वाचन ताका विस्फोटक पदार्थ विष्फोट भैइ घाइते भएका व्यक्ति लाई इँट्टा भट्टामा जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको उक्त फैसला बदर गर्दै यहीँ जेठ १४ गते आलमलाई उच्च अदालत विरगंजका न्यायाधीश थारु सहितको इजलासले ले सफाइ दिएको थियो । उच्च अदालतको यस फैसलालाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध समेत भएको थियो
उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी यहीँ जेठ १४ गते नख्खु कारागारबाट रिहा भएका थिए।