दाङ को घोराही उपमहानगरपालिका वडा नं १५ मेन रोड डोको होटेलको छेउमा नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याएको Dream High education Consultancy को आज एक कार्यक्रम बीच उद्घाटन भएको छ।
संस्थाका संचालन प्रभाकर वलीको अध्यक्षता,लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचीव तिरण गौतमको प्रमुख आतिथ्यता,नेकपा एमाले दाङ का सचिवालय सदस्य विबेक श्रेष्ठ ,अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य अनिल के सी ,त्रिभुवन बर्तौलाको विशिस्ट आतिथ्यता ,अखिल समाजवादी दाङ जिल्ला संयोजक खुम रिजाल,महेन्द्र क्याम्पस विज्ञान संकायका शिक्षक बासुदेव के सी,ब्राइट फ्युचर कन्सलटेसी घोराहीका संस्थापक लोकमणी भन्डारी, को आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
संचालक हरु प्रभाकर वली र निर्मल वलीले जापान र कोरिया जान चाहने विद्यार्थी हरुलाई सहुलियतमा गुणस्तरीय सेवा दिने उदेश्यले संस्था स्थापना गरेको बताइएको छ।
कन्सल्टेन्सीका संचालक प्रभाकर वली र निर्मल वली का अनुसार आफुहरुले गुणस्तरीय सेवा प्रदान गर्न उक्त संस्था संचालन गरेको बताए ।