अखिल(क्रान्तिकारी) चितवनको अध्यक्षमा महेश निर्वाचित

नबिन के.सी

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) मध्य चितवन जिल्लाको भेला आज नारायणगढ स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी मध्य चितवन जिल्ला इन्चार्ज रुद्र सी को प्रमुख आतिथ्यता,अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज तारा सी को विशिस्ट आतिथ्यता र नेकपा मध्य चितवन सेक्रेटरी भरत सी,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष केशवराज शर्मा,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचीव राजेन्द्र ढकाल ,नेकपा मध्य चितवन कार्यालय सचीव कृष्ण सी,नेकपा भरतपुर महानगर इन्चार्ज आलोक सी,विद्यार्थी नेता सुदिप सी,नेकपा ब्यूरो कार्यालय सदस्य दिपक सी,अशोक सी,श्रमिक संगठनका जिल्ला अध्यक्ष अमृत सी ,युवा संगठन का सुमित सी,जनस्वास्थ्य संगठनका होमनाथ सी को आतिथ्यता रहेको थियो।

भेला लाई सम्बोधन गर्दै भेला का प्रमुख अतिथि रुद्र सी ले युवा विद्यार्थी एक भएर अगाडि आए मात्रै यो दलाल संसदीय व्यवस्था लाई जरैदेखि फालेर समाजवाद प्राप्त गर्न सकिने बताए।साथै उनले जिल्लामा शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध खरो उत्रन निर्देशन दिएका थिए।


भेला का विशिस्ट अतिथि अखिल (क्रान्तिकारी ) का केन्द्रीय सचिवालय सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज तारा सी ले नेपालको सबै खाले परिवर्तनकारी आन्दोलन हरुमा विद्यार्थीको योगदान अतुलनीय रहेको भन्दै एक पटक नेपालको कथित दलाल पुजीवादी संसदीय व्यवस्था लाई धोस्त बनाएर समाजवादी राज्य व्यवस्था स्थापना गर्ने आन्दोलनमा होमिनु पर्ने बताइन।

 यो दलाल  पुजीवादी राज्य व्यवस्था रहदा सम्म नेपालको शिक्षा स्वास्थ रोजगारी लगायत हरेक क्षेत्रमा आमूल रुपान्तरण असम्भव रहेको उनको भनाइ थियो।

साथै एक फरक प्रसंगमा उनले गणतन्त्र को बिकल्प राजतन्त्र नभएको बताइन् 

यो गणतन्त्र ल्याउन का लागि 0% पनि भुमिका नखेलेकाहरु आज हामिले ल्याइदिएको गणतन्त्र को स्वाद चाख्दै ,मसानघाट्मा खरानी भैसकेको राजतन्त्र ब्युताउने दिवा सपना  देख्दै होस बेहोसमा सडक मा चिच्चाइरहेका छन,

यस्ता दिवासपना नदेख्न चेतावनी छ उनले भनिन्  राजा चाहिन्छ भन्दै वकवास गर्ने तत्वहरुले हाम्रो पार्टी विरुद्ध अनावश्यक बोल्दै हिडे महंगो पर्ने उनको चेतावनी थियो।


अर्का वक्ता नेकपा मध्य चितवन सेक्रेटरी भरत सी ले शुभकामना दिदै विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या राष्ट्रियता जनतन्त्र जनजिविकाको सवाल मा आवज बुलन्द गर्न सुझाव दिएका थिए।

आज सम्पन्न भेलाले अध्यक्ष महेस सी

उपाध्यक्ष  बिकास सी

सचीव  इन्द्रमाया सी

सह सचीव  सौरभ सी 

कोषाध्यक्ष खिम्चुरी सी सहित ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ।

प्रतिक्रिया