विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)मा रोल्पाका ११जना केन्द्रीय समितिमा निर्वाचित

विप्लव ने क पा  निकट  विद्यार्थी संगठन अखिल ( समाजवादी) को २३ औँ राष्ट्रिय सम्मेलनमा रोल्पाका ११ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन।

फाल्गुन ६ उद्घाटन समारोह वाल्मीकि क्याम्पस पर्दर्शनि मार्गमा र बन्द सत्र फागुन ७ गते देखी ९ गते सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्मृति भवनको हलमा पार्टी महासचिव विप्लव सी को प्रमुख आतिथ्यतामा सम्पन्न  भएको अखिल ( समाजवादी) को २३ औँ राष्ट्रिय सम्मेलनले रोल्पा स्थायी घर भई विभिन्न जिल्लामा कार्यक्षेत्र भएका ११ जनालाई  निर्वाचित गरेको हो।

निर्वाचित हुनेहरुमा

१) अनिल के सी- त्रि वि व्युरो बाट


२) खुमन सी-दाङ जिल्ला इन्चार्ज 

३)दिपक सी- पुर्वी दाङ इन्चार्ज 

४)सिज सी- पुर्वी रोल्पा अध्यक्ष 

५)चुडामणि सी- पश्चिम रोल्पा जिल्ला अध्यक्ष 

६)नवीन सी- स्ववियु सभापति राप्ती शिक्षा क्याम्पस घोराही दाङ 

७) खुम सी- पुर्वी दाङ जिल्ला अध्यक्ष 

८) नबिन सि (भण्डारी )- पश्चिम दाङ जिल्ला अध्यक्ष 

९)शिव जंग सी - देउखुरी जिल्ला उपाध्यक्ष 

१०) मनोज सी- सिद्ध रत्न क्याम्पस नारायणपुर स्ववियु सभापति 

११) महेन्द्र सी- भक्तपुर जिल्ला उपाध्यक्ष 


रहेका छन भने पार्टी महासचिव विप्लव सी,स्थायी समिति सदस्य सन्तोष सी विषम लगाएत दर्जन भन्दा बढी नेता हरु ले पार्टी केन्द्रिय समितिमा नेतृत्व गरिरहेका छन।

सम्मेलनले  नरेन्द्र सी को अध्यक्षतामा  १८१ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ

साथै संगठनको नाम अखिल ( क्रान्तिकारी) बाट परिवर्तन गरि अखिल (समाजवादी) राखिएको विद्यार्थी नेता अनिल सी ले जानकारी दिएका छन।

प्रतिक्रिया