नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ ।
विद्यार्थी हरुले संचालन गरेको कोटा विरोधी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर हिडेकी थियिन ।उनले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए ।
बिबिसीका अनुसार राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुफलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको समाचारमा उल्लेख छ।
राष्ट्रपति, सेना र आन्दोलनरत विद्यार्थीनेताहरुबीचको संयुक्त बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन्, म कसरी अस्वीकार गर्छु ।'
मंगलबार बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको थियो ।
यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो
विद्यार्थी संगठनहरुले सुरुगरेको कोटा विरोधी आन्दोलनमा करिब ४०० भन्दा बढीको ज्यान गएको थियो!