रोल्पाको थवाङमा अखिल (समाजवादी)को प्यानलै विजयी

त्रिभुवन विश्वविद्यालको चैत ५ गते हुने  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शहिद स्मृति क्याम्पस थबाङ रोल्पामा विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)को सम्पुर्ण  प्यानल निर्विरोध रुपमा विजयी भएको छ।। 

निर्वाचन अधिकृतका अनुसार माओवादी केन्द्र सम्बद्ध अखिल(क्रान्तिकारी)ले राम कुमार बुढा मगरको नेतृत्वमा निर्वाचनमा सहभागिताका लागि मनोनयन गरेकोमा मनोनयन फिर्ता लिने मिति २०८१/११/२९ गते अध्यक्ष पदका उम्मेदवारले फिर्ता लिन निवेदन दिएपछी  अखिल समाजवादीका उम्मेदवार हरु निर्विरोध निर्वाचित भएका हुन।

जहाँ नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी) नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको गठबन्धनको प्यानल थियो।

सर्वसम्मत निर्वाचित हुनेहरु सिङ्गो प्यानलनै विप्लव नेकपा निकट अखिल (समाजवादी)का रहेका छन। निर्वाचित हुनेहरुमा

प्रत्यक्ष तर्फ

१. सभापति

स्वर्णिम रोका मगर

२. सचिव

प्रकृती झाँकी मगर

३. कोषाध्यक्ष

विरशक्ति बुढा मगर

४. सदस्य

प्रगती रोका मगर

५. सदस्य

निरास्ती रोका मगर

६. सदस्य

विशाल बुढा मगर

समानुपातिक तर्फ

१. चाहना बुढा मगर

२. लिफङ रोका मगर

३. सकुशल रोका मगर

४. धनराशी घर्ति मगर

५. विशेष बुढा मगर 

रहेका छन।

अखिल (समाजवादी) का उम्मेदवार हरु सर्वसम्मत निर्वाचित भएपछि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नमूना जिल्ला इन्चार्ज  अमित सी ले संगठनको सानदार बिजय भएको बताए साथै उनले भने पार्टी संगठनले मेहनत पनि राम्रै गरेको थियो परिणाम पनि राम्रो आयो।अब निर्वाचित साथीहरूले काम गरेर परिणाम देखाउने समय आएको छ।परिणाम देखाउनु हुन्छ भन्ने मा हामी ढुक्क छौ।

यस्तै सर्वसम्मत निर्वाचित भएपछि अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय कार्यालयको तर्फबाट स्ववियु निर्वाचनमा रोल्पा र दाङ जिल्लामा समन्वय गरिरहेका अनिल के सी ले निर्वाचन भएको भए पनि सबै प्यानलले जित्ने आधारहरु रहेको र माके निकट विद्यार्थी संगठन र एमाले निकट विद्यार्थी संगठनको संयुक्त गठबन्धनको उम्मेदवारले सबै परिस्थितिको आकलन गरि नजित्ने निश्चित भएपछि  उम्मेदवारी फिर्ता लिएपछि स्वत बिजय भएको बताए lसाथै उनले भने थवाङ हाम्रो सबै भन्दा राम्रो पार्टी संगठन भएको क्षेत्र हो।हाम्रो मेहनत पनि राम्रो थियो।थवाङ पार्टी संगठनले धेरै मेहनत गरेको थियो ।स्ववियुमा थवाङ पार्टी संगठन संग राम्रो सहकार्य ,कोडिनेसन पनि भयो। अन्यत्र हामिले कति जित्छौ के जित्छौ त्यो फरक पाटो तर थवाङ रोल्पामा माके एमाले हरु मिलेर हाम्रो विरुद्ध गठबन्धन गर्नु र चुनाव जित्ने आधार नदेखेपछी उम्मेदवारी फिर्ता लिनु र हाम्रो संगठनको सम्पूर्ण प्यानल बिजय हुनु ठुलो कुरा हो। 

थबाङ गाउँ नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण स्थान ओगट्ने गाउँ मध्य एक हो।थवाङ  लाई क्रान्तिको किल्ला भनेर चिनिन्छ ।जनयुद्दको उद्गम स्थल पनि हो।अहिले पनि थवाङमा नेपाल कम्युनिस्ट पार्टीकै  वर्सच्व कायम रहेको छ 

थवाङका जनताहरुसधै परिवर्तनको पक्षमा उभिरहेका हुन्छन।

प्रतिक्रिया