खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउदै गरेको इसुजु हाइलक्स गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुले नजिकै बाट शनिबार साँझ सुनकोशी नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् भने एक जना हाम फालेर निस्किएका छ्न।
सुनकोशीमा खसेर बेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका वर्ष ३२ का चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेको सिन्धुली प्रहरीले बताएको छ। भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका २७ बर्षिय सुशान्त कक्षपती भने हाम फालेर निस्किएका थिए।
अहिले सुनकोशीको बहाव बढिरहेको भएपनि बेपत्ताको खोजबिनका लागि सशस्त्रको गोताखोर परिचालन गरेर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
८ भदौ २०८१, शनिवार ०९:१० मा प्रकाशित
411