त्रि वि का उपकुलपति र अखिल (समाजवादी) का नेताहरुबीच भेट

 नेकपा निकट विद्यार्थी सङगठन अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष लगायत नेताहरु र त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. केशर जंग बराल बिच भेट  वार्ता भएको छ। 

शुक्रबार दिउँसो उपकुलपतिको कार्यलयमा भेटघाट सम्पन्न भएको भेटमा अखिल (समाजवादी) को तर्फबाट अध्यक्ष नरेन्द्र सी,उपाध्यक्ष ललित सी,सचिवालय सदस्य तथा त्रि वि इन्चार्ज अनिल सी,सचिवालय सदस्य हरु तारा सी,डिवि सी,सुवास सी,रमेश सी केन्द्रीय सदस्य सतल सी,ललिजंग सी,सरस्वती सी सहभागी भएका थिए ।

भेटमा संगठनका अध्यक्ष नरेन्द्र सी ले त्रिभुवन विश्वविद्यालय धरासायी बन्दै गएकोले सुधारमा ध्यान दिन सुझाव दिएका थिए साथै उनले तत्काल शैक्षिक क्यालेन्डर तयार गरि लागू गर्न,परिक्षा,पठनपाठन ,भर्ना,नतिजा लाई समयमै सम्पन्न गर्न,सेवा आयोग लाई कामकाजी बनाउन,परिक्षा नियन्त्रण कार्यालयमा भएको घटना बारे छानबिन गरि दोषी लाई कार्वाही गर्न,त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अध्यावधिक गर्न,त्रिभुवन विश्वविद्यालय लाई डिजिटलाइजेसन गर्न,आंगिक क्याम्पस हरुको संरचना निर्माण र छात्रावास हरु निर्माण गर्न,त्रि वि का कार्यक्रम लाई बजार र उत्पादन संग जोडिने खालको बनाउन ,त्रि वि लाई अध्ययन,खोज, अनुसन्धानको केन्द्र बनाउन योजना निर्माण गर्न ,युवा विद्यार्थी लाई नेपालमै रोक्ने खालको कार्यक्रम ल्याउन सुझाव दिएका थिए साथै MBBS/BDs दोस्रो बर्षाका  विद्यार्थीहरु कोभिडको समयमा संकटमा परेर barrier मा परेका र उनिहरुको पैसा पनि गएको र परिक्षा पनि दिन नपाएकोले ती विद्यार्थीहरुलाई न्याय दिन लगायत समग्र त्रि वि सुधारमा लाग्न सुझाव दिएका थिए ।जवाफमा उपकुलपति बरालले अखिल (समाजवादी) ले राखेका माग र विषयबस्तु असाध्यै सान्दर्भिक भएको र आफू यिनै विषयमा केन्द्रीय भएर योजना निर्माण गरेको बताएका थिए।साथै आफू कुनै पनि राजनीतिक दलको दबाब र प्रभावमा नपरी काम गर्ने गरि योजना ल्याएको र त्यसमा अखिल (समाजवादी) को सहयोग आवस्यक रहेको बताएका थिए।


प्रतिक्रिया