नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा रेक्टर रजिस्ट्रार नियुक्तिमा अनावश्यक राजनीतिक हस्तक्षेप भएको भन्दै खेद व्यक्त गरेको छ। अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले जारी गरेको विज्ञप्तिमा भनिएको छ "पछिल्लो समय त्रिविमा उपकुलपति प्रा.डा. केशर जंग वरालको प्रतिस्पर्धात्मक रुपमा नियुक्ति भएको डेढ महिना वितेको छ । उहाँले प्रतिस्पर्दाको आधारमा रजिष्ट्रार, रेक्टर लगायतका पदहरुमा नियुक्ती गर्न प्रधानमन्त्री समक्ष नाम पेश गरिसकेको अवस्थामा देशका ठुला भनिने राजनितिक पार्टीका शिर्ष नेताहरु र तिनका भातृ संगठनहरुले वाहिर राजनितिक भागभण्डाको अन्त्यको नक्कली नारा लगाएर नथाक्ने तर वास्तविक चरित्रमा आफ्ना भातृ संगठनका मान्छेहरुलाई नियुक्त गर्न दवाव दिनुले उनिहरुको असली चरित्र पर्दाफास भएको छ । अहिले नवनियुक्त उपकुलपति प्रा.डा. वरालमाथी विभिन्न क्षेत्रवाट अनावश्यक दवाव दिईएको पार्ईएको छ । यहि कारणले विश्वविद्यालयका निममित कामहरु प्रभावित भईरहेको अवस्था छ । यो दुखद अवस्था हो ।त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरु हुन लागेको अवस्थामा उच्च राजनितिक तहवाट भागभण्डाका निम्ति दवाद दिनु दुखद र खेदजनक छ । हामी तत्काल उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरुलाई नियुक्ती दिन र राजनितिक हस्तक्षेप तत्काल वन्द गर्न माग गर्दछौँ"।
त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।सोही अनुसार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले त्रि वि को रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजालको नाम सिफारिस गरिसकेका छन् । तर, सत्ता साझेदार नेकपा (एमाले) ले रेक्टरमा प्रगतिशील प्राध्यापक संघका अध्यक्ष प्रा.डा.बेदराज केसीलाई अगाडि सारेपछि नियुक्ति प्रकृया रोकिएको छ
आफूलाई टिम बनाउन दिनुपर्ने अडानमा रहेका बराल कुनै पार्टीले सिफारिस गरेको व्यक्ति, त्यसमा पनि राजनीतिक दलको संगठनकै नेतृत्व सम्हालेको व्यक्ति,लाई पदाधिकारी बनाउन नसकिने अडानमा रहेको बुझिएको छ ।
खुला प्रतिस्पर्धा बाट छानिएपछि त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० फागुन २०८० मा प्रा.डा. बराललाई उपकुलपति नियुक्त गरेका थिए । बरालले आफूलाई टिम बनाउन दिने भए मात्रै नियुक्ति पत्र बुझ्ने सर्त राखेका थिए ।
तर अहिले सिफारिस गरेका नामहरुमा पनि व्यक्ति तोकेर भागबण्डा खोजिन थालेपछि उनी आफूले सिफारिस गरेको व्यक्ति नियुक्ति नहुने हो भने पदमा नबस्ने मुडमा पुगेको बुझिएको छ।
उपकुलपति बरालले ६ चैतमा सात दिनको समयावधि दिएर रेक्टर र रजिष्ट्रार पदमा आवेदन माग गरेका थिए । सोही समयमा परेका आवेदनहरुमध्येबाट उनले दुई जनाको नाम सिफारिस गरेका हुन् ।
रेक्टर रजिस्ट्रार नियुक्ति प्रक्रियामा अनावश्यक राजनीति हस्तक्षेप भएको भन्दै त्यसका विरुद्ध अखिल (समाजवादी)ले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ जस अनुसार २०८० चैत्र २६ गते सोमवार विहान ११ वजे देशभरिका त्रिविका आंगिक क्याम्पसमा विरोध प्रदर्शन र २०८० चैत्र २७ गते मंगलवार विहान ११ वजे काठमाण्डौँमा त्रिवि उपकुलपति कार्यालय अगाडी विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ
प्रेस विज्ञप्ति
नेपालको शिक्षा प्रणालीमा आमुल रुपान्तरणका लागि हाम्रो गौरवशाली संगठन निरन्तर संघर्षमा छ । उच्च शिक्षामा देशकै ८० प्रतिशत विद्यार्थीहरु अध्ययन गर्ने त्रिवि लामो समय असफल र दलाल चरित्रका राजनितिक पार्टीहरुको भागभण्डा र हस्तक्षेपवाट थिलोथिलो र संकटग्रस्त वनिरहेको छ । हामी निरन्तर त्रिविको शैक्षिक र प्रशासनिक सुधारका लागि संघर्षमा छौँ ।पछिल्लो समय त्रिविमा उपकुलपति प्रा.डा. केशर जंग वरालको प्रतिस्पर्धात्मक रुपमा नियुक्ति भएको डेढ महिना वितेको छ । उहाँले प्रतिस्पर्दाको आधारमा रजिष्ट्रार, रेक्टर लगायतका पदहरुमा नियुक्ती गर्न प्रधानमन्त्री समक्ष नाम पेश गरिसकेको अवस्थामा देशका ठुला भनिने राजनितिक पार्टीका शिर्ष नेताहरु र तिनका भातृ संगठनहरुले वाहिर राजनितिक भागभण्डाको अन्त्यको नक्कली नारा लगाएर नथाक्ने तर वास्तविक चरित्रमा आफ्ना भातृ संगठनका मान्छेहरुलाई नियुक्त गर्न दवाव दिनुले उनिहरुको असली चरित्र पर्दाफास भएको छ । अहिले नवनियुक्त उपकुलपति प्रा.डा. वरालमाथी विभिन्न क्षेत्रवाट अनावश्यक दवाव दिईएको पार्ईएको छ । यहि कारणले विश्वविद्यालयका निममित कामहरु प्रभावित भईरहेको अवस्था छ । यो दुखद अवस्था हो ।
त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरु हुन लागेको अवस्थामा उच्च राजनितिक तहवाट भागभण्डाका निम्ति दवाद दिनु दुखद र खेदजनक छ । हामी तत्काल उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरुलाई नियुक्ती दिन र राजनितिक हस्तक्षेप तत्काल वन्द गर्न माग गर्दछौँ । साथै त्रिविलाई दिईएको दवाव, हस्तक्षेप र भागभण्डाका विरुद्ध निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ
संघर्षका कार्यक्रम
१) २०८० चैत्र २६ गते सोमवार विहान ११ वजे देशभरिका त्रिविका आंगिक क्याम्पसमा विरोध प्रदर्शन
२) २०८० चैत्र २७ गते मंगलवार विहान ११ वजे काठमाण्डौँमा त्रिवि उपकुलपति कार्यालय अगाडी विरोध प्रदर्शन ।