माउन्टेन इनर्जी नेपालद्वारा अहिलेसम्म कै उच्च २१ प्रतिशत बढी लाभांश घोषणा

परिवर्तन सन्देश
माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ।


जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको छ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

कम्पनीले हालसम्म कै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो ।  साथै जलविद्युत कम्पनीहरु मध्ये पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सबैभन्दा धेरै हो।

प्रतिक्रिया