त्रिभुवन विश्वविद्यालयमा भएको डीन नियुक्ति र निर्देशक नियुक्तिमा मेरिटको आधारमा नभइ राजनीतिक पार्टीहरुको भागबन्डामा नियुक्ति गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले एक वक्तव्य जारी गर्दै खेद प्रकट गरेका छ्न।त्रिभुवन विश्वविद्यालयको सबै नियुक्ति हरुमा मेरिटोक्रेसीको आधारमा छनोट गर्ने भनिए पनि अन्ततः काङ्ग्रेस ,एमाले ,माओवादी केन्द्रको भागबन्डा भएको भन्दै अखिल समाजवादी आक्रोसित भएको जनाइएको छ।
त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि ८ डीन नियुक्ति र अनुसन्धान केन्द्र ,योजना निर्देशनालयको निर्देशकहरु नियुक्ति हुन सकेका थिएनन् यहीँ मंसिर २८ गते सनिवार साझ कार्यकारीको बैठक बसेर नियुक्ति गरेका थिए।
पछिल्लो समय मेरिटोक्रेसी लाई लिएर नेकपा एमाले र उस्को विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाउदै आएको थियो।त्रि वि का एक कर्मचारीका अनुसार मेरिटोक्रेसीको १ नम्बरमा एमाले निकट प्राध्यापकहरु छनोट भएका थिएनन त्यसैले जसरी पनि एमाले कोटा बाट डीन नियुक्ति हुनुपर्छ भन्ने उनिहरुको माग थियो भने उपकुलपतिले कुनै पनि हालतमा मेरिटोक्रेसी लागू गर्नु पर्छ भन्ने थियो तर विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपती शिक्षा मन्त्री हुने व्यवस्था अनुसार एमालेकै भएर र कार्यकारीमा बहुमत एमाले निकट प्राध्यापकहरुको भएकाले उपकुलपति उक्त निर्णय बाट पछि हटेर मेरिटमा परेका ३ जना मध्य बाट १ जनालाई डीन मा सिफारिस गरेको बताए ।हाल नियुक्ति भएका डीनहरुमा काग्रेस निकट ३,एमालेका निकट २ र माओवादी निकट २ जना छ्न भने अनुसन्धान केन्द्र र योजना निर्देशनालयमा ३ पार्टी निकट १/१ जना नियुक्ति भएका छ्न।
अखिल (समाजवादी) ले हाल भएको नियुक्ति प्रक्रिया तत्काल खारेज गरि मेरिटका आधारमा १ नम्बरमा छनोट भएका व्यक्ति लाई तत्काल डीन नियुक्ति गर्न माग गरेको छ।साथै विश्वविद्यालयलाई जोगाउन र विकास गर्न चाहने सवै शिक्षाविद्, पत्रकार, वुद्धिजीवी र आम जनतालाई यो हस्तक्षेप र निकृष्ट हर्कतको भण्डाफोर गर्न आह्वान गर्दै गलत निणर्य खारेज नभए हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ
हेर्नुस अखिल समाजवादीको वक्तव्य यस्तो छ
त्रिभुवन विश्वविद्यालयका ८ वटा डिन र निर्देशकहरुको नियुक्तिमा भएको दलाल पुँजीवादी संसदीय पार्टीहरु कांग्रेस, एमाले र माओवादीको भागभण्डाको हाम्रो संगठन घोर निन्दा, भ्रत्र्सना एवं यसप्रति खेद प्रकट गर्दछौँ । त्रिविलाई दलाल राजनीतिको नांगो भागभण्डाको क्यान्सरवाट मुक्त गर्न हाम्रो संगठन लामो समयदेखि संघर्षरत छ । विश्वविद्यालयमा हुने दलाल राजनीतिको हस्तक्षेपले यसको समग्र विकासमा गम्भिर नकरात्मक असार पारेको सर्वविधितै छ । विश्वविद्यालयलाई शैक्षिक र प्रशासनिक स्वायत्तता दिनपुपर्छ भन्ने हाम्रो माग रहेको छ । त्रिविमा नयाँ नेतृत्व आएपछि यस प्रकारको नांगो भागभण्डाको अन्त्यको अपेक्षा थियो । त्रिवि कार्यकारी परिषदमा भएका केही दलाल राजनीतिक दलका कार्यकर्ता र सरकारमा रहेका पाखण्डी दलालहरुको गठजोडमा त्रिवि फेरि एकपटक दलाल राजनीतिको हस्तक्षेपको सिकार भएको छ । त्रिविमा मेरिटोक्रेसीका आधारमा १ नम्वरमा रहेका उम्मेदवारहरुलाई पन्छाएर पार्टी कार्यकर्ताहरुलाई दलीय भागभण्डाको आधारमा नियुक्ति गर्नु घृणित, पश्चगामी र लज्जास्पद छ ।
तसर्थ हाम्रो संगठन त्रिविमा दलाल पार्टीहरुको दलिय भागभण्डामा भएका नियुक्तिहरु तत्काल खारेज गर्न र मेरिटका आधारमा १ नम्वरका उम्मेदवारहरुलाई नियुक्ति गर्न माग गर्दछौँ । साथै विश्वविद्यालयलाई जोगाउन र विकास गर्न चाहने सवै शिक्षाविद्, पत्रकार, वुद्धिजीवी र आम जनतालाई यो हस्तक्षेप र निकृष्ट हर्कतको भण्डाफोर गर्न आह्वान गर्दछौँ । यो गलत निणर्य खारेज नभए हामी कडा संघर्षमा उत्रिने गम्भिर चेतावनी दिन चाहन्छौँ ।