आज विहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छन । ती बसमा चालकसहित ६५ रहेका बताइएको छ। नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)का केन्द्रीय सचिव अटल (शर्मा) सी का अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।
उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् गौर जादै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।
अहिले पानी परिरहेको र प्रहरीले उद्धारको काम थालिसके साथै पहिरो पन्छाउन सुरु गरिसकेको पनि अटल सी ले जानकारी दिएका छ्न ।
२९ असार २०८१, शुक्रबार ०८:३७ मा प्रकाशित
315