नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव सी) यतिबेला पारिवारिक शोकमा परेका छ्न।नेकपा महासचिव विप्लव को भतिजो तथा महान् सहिद विरजंङ्गका जेष्ठ पुत्र नेपाल कम्युनिस्ट पार्टीका युवा नेता वियस चन्दको आज राती २ बजे टिचिङ हस्पिटल महाराजगन्जमा उपचारको क्रममा निधन भएको हो। उनको जन्म वि स २०३७ साल भाद्र २३ गते रोल्पाको तत्कालीन ईरिवाङ गाविस वडा नं ६, केउरी हाल परिवर्तन गाउँ पालिका वडा नं ३ केवरी मा जन्म भएको थियो
।नेकपाका केन्द्रीय सदस्य दिनेश विक्रम चन्द का अनुसार वियसले जनयुद्धको सुरुवाती चरण देखी नै पार्टीको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका थिए । वियसको बुवा विरजंगको पनि यस अघि निधन भैसकेको छ।तत्कालीन नेपाल कम्युनिस्ट पार्टी लाई सरकारले प्रतिबन्ध लगाएको अबस्थामा दाङको राजपुरमा नेकपा राप्ती ब्यूरोको बैठक बाट गिरफ्तार हुनुभएका विरजंग लाई देश भरका विभिन्न हिरासत र कारागारमा विभिन्न मुद्दामा लगिएको थियो जेल हिरासतमै हुँदा विरजंग गम्भीर बिरामी भएका उनको केही समय पछि उपचारका क्रममा निधन भएको थियो ।वियसको निधन प्रती दुख व्यक्त गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सी ले एक शोक व्यक जारी गर्दै वियसको निधनले सिंगो पार्टी आन्दोलन लाई क्षति पुर्याएको भन्दै पार्टी पंक्ति र घरपरिवार सबैना समवेदना व्यक्त गरेका छ्न। नेकपामा महासचिव विप्लव सी को शोक वक्तव्य को पूर्ण पाठ ‘महान् सहिद कमरेड विरजंङ्गका जेष्ठ पुत्र एवम् हाम्रो पार्टीका युवा नेता कमरेड वियस चन्दको यही जेठ १२ गते राति साढे २ बजे भएको निधनले हामीलाई दुःखि र मर्माहत गराएको छ ।’, शोक वक्तव्यमा भनिएको छ, ‘टिचिङ् अस्पताल काठमाडौंमा उपचारको क्रममा रहेका वियसको निधनले सिङ्गो पार्टी र आन्दोलनलाई क्षति पुर्याएको छ ।’‘२०३७ साल भाद्र २३ गते रोल्पाको तत्कालीन ईरिवाङ ६, केउरीमा जन्मिएका वियसको ४४ बर्षको उमेरमा भएको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको घडीमा मृतक वियसप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्दछ ।