स्ववियु महेन्द्र क्याम्पस दाङले गर्‍यो क्याम्पस प्रमुखहरुलाई विदाई सँगै स्वागत

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङ द्वारा आज एक औपचारिक कार्यक्रम गरि  नवनियुक्त क्याम्पस प्रमुख  डा: नारायण पन्थीलाई स्वागत तथा निबर्तमान क्याम्पस प्रमुख भरतराज न्यौपानेलाई बिदाई गरिएको छ।


स्ववियु सभापति मनोज डि सी को अध्यक्षतामा  भएको कार्यक्रमको प्रमुख अतिथि  त्रिभुवन बिश्वविद्यालय  योजना निर्देशनालयका निर्देशक  प्राध्यापक डाक्टर लक्ष्मी कान्त शर्मा रहेका थिए भने स्वागत मन्तव्य स्ववियु उपाध्यक्ष दिपेन्द्र खड्का र कार्यक्रमको सहजिकरण स्ववियु सदस्य दिपक सी ले गरेका थिए।

त्रिभुवन बिश्वविद्यालय  योजना निर्देशनालयका निर्देशक प्राध्यापक डाक्टर  लक्ष्मीकान्त शर्मा ले महेन्द्र बहुमुखि क्याम्पस को समग्र भौतिक पूर्वधारको अबलोकन गर्दै महत्त्वपूर्ण सल्लाह सुझाव  सहित क्याम्पस को भौतिक सुधार का लागि बजेट को व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनु भएको थियो।

उहाँ प्रति स्ववियुले विशेष आभार  सहित धन्यवाद प्रकट गरेको छ।

 

प्रतिक्रिया