सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स NPLको उपाधिका लागी भिड्ने,पहिलो उपाधिको राशी कति छ हेर्नुस

नेपाल  प्रिमियर लिग (NPL) को आज भएको खेलमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ।

कर्णाली याक्सले  ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य लिएर  मैदानमा उत्रिएको जनकपुर बोल्ट्सले  ८ विकेट गुमाएर ११९ रन बनायो। टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो। 

 जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेलेको थियो।  कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

उपाधिका लागि जनकपुरले सुदूरपश्चिम रोयल्ससँग प्रतिष्पर्धा गर्नेछ।

हिजो सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध ८ विकेटले खेल जितेको थियो। जितसँगै सुदूर फाइनल प्रवेश गरेको थियो। अब उपाधिका लागि यि दुईको प्रतिष्पर्धा पर्सि शनिवार हुनेछ।

NPL को पुरस्कार राशि घोषणा

नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो । 

क्यानका अनुसार उपविजेता हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले १५ लाख रुपैयाँ पाउनेछ ।

८ टिम सहभागी पहिलो संस्करणको एनपीएलको प्लेअफमा  ४ टिम पुगेका थिए । प्लेअफमा  सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका हुन ।

कर्णाली याक्स लाई आज जनकपुर बोल्ट्स र हिजो चिटवन राइनोज लाई सुदुरपश्चिम रोयल्सले हिजो खेल जिटेपछी उपाधीका लागी यी दुइ टिम भिड्ने भएका हुन।

प्रतिक्रिया