नेकपा रोल्पाको सेक्रेटरीमा शहिद संकल्पका भाइ पृथ्वी सी (प्रज्वल) चयन

नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाको सेक्रेटरीमा पृथ्वी सी (प्रज्वल) चयन भएका छ्न।

कपिलवस्तुमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको छैठौं पूर्व बैठक पछिको नेकपाको लुम्बिनी प्रदेश बैठकले उनलाई सेक्रेटरीमा चयन गरेको हो।

नेकपा रोल्पाको  सेक्रेटरीमा चयन भएका पृथ्वी सी प्रज्वलको परिवार जनयुद्धताकाकै माओवादी आन्दोलनमा होमिएको परिवार हो।उनको दाइ नन्द बहादुर डाँगी (संकल्प) २०६२ माघ १० गते तत्कालीन जनमुक्ति सेनाको कम्पनी सह कमान्डर रहेको अबस्थामा मकवानपुर जिल्लाको फापरवारीमा तत्कालीन शाही नेपाली सेना संगको भिडन्तमा सहादत भएको थियो।

प्रज्वलको यो भन्दा अगाडीको पार्टी जिम्मेवारी 

रोल्पा सेक्रेटरीमा चयन भएका पृथ्वी सी ले रोल्पा जिल्लाको महत्वपूर्ण क्षेत्रहरुको नेतृत्व गरिसकेका छ्न।युवा संगठन नेपाल रोल्पाको जिल्ला कमिटी सदस्य,पदाधिकारी हुँदै २०७४  सालमा  युवा संगठन नेपाल रोल्पा जिल्लाको अध्यक्ष हुँदै केन्द्रीय सदस्य व्यूरो इन्चार्ज सम्मको जिम्मेवारी सम्हालेका छ्न भने पार्टीमा एरिया कमिटी ,जिल्ला कमिटी सदस्य ,सचिवालय सदस्य हुँदै  जिल्ला कार्यालय सदस्यको जिम्मेवारी सम्हालेका थिए  भने रोल्पा नगरपालिकाको पार्टी सेक्रेटरी,नेकपा माथिको प्रतिबन्धको समयमा सुनछहरी गाउँपालिकाको इन्चार्ज हुँदै परिवर्तन गाउँ पालिकाको इन्चार्ज र समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँ पालिकाको संयोजकको जिम्मेवारी सम्हालिसकेका छ्न।

रोल्पाको परिवर्तन क्षेत्र नेकपा रोल्पाको सबैभन्दा बढी पार्टी सदस्य भएको क्षेत्र हो जहाँ नेकपाका  ३०० पार्टी सदस्य रहेका छ्न भने युवा,विद्यार्थी,महिला,खेलकुद ,शिक्षक,मगर मुक्ति मोर्चा,श्रमिक समुदाय,मजदुर लगायत सबै मोर्चा हरुको भेला सम्मेलन नियमित भैरहेको एक पार्टी गाँउ कमिटी सदस्यले बताए। 

परिवर्तन गाउँ पालिका वडा नं ३  साविकको  इरिवाङ गाविस निवासी प्रज्वल सी रोल्पा सेक्रेटरीमा चयन भएपछि परिवर्तनमा उत्साह छाएको ती सदस्यले बताए ।साविकको इरिवाङ गाविस नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सी को गाउँ हो।

नेकपाको सेक्रेटरी चयन भएपछि परिवर्तन सन्देश  संग छोटो संवाद गर्दै प्रज्वलले रोल्पा जिल्ला लाई एकीकृत जनक्रान्तिको किल्ला बनाउने योजना रहेको बताए उनले भने जनयुद्धको सुरुवात पनि यहीँ बाट भएको हो जनयुद्धमा रोल्पा बाट एक हजार बढिको बलिदान भएको छ ती महान सहिद हरुको अधुरो सपना पुरा गर्न नेकपाको पुनर्गठन भएर एकीकृत जनक्रान्ती चलिरहेको छ। हाम्रो पार्टी र हाम्रो कार्यदिशा एकीकृत जनक्रान्तिमा रोल्पाली जनताको विश्वास र भरोसा रहेको छ ।अहिले मलाई जिल्लाको नेतृत्वको रुपमा पार्टीले ऐतिहासिक जिम्मेवारी सुम्पेको छ म कुशलता पूर्वक बहन गर्दै जिल्लामा सबै पक्ष संग सहकार्य गर्दै अगाडि बढ्ने छु र रोल्पा लाई समाजवादको केन्द्र बनाउन अहम भुमिका खेल्नेछु उनले भने।

नेकपा रोल्पाको सेक्रेटरीमा चयन भएका प्रज्वल रोल्पामा इमानदार,त्यागी ,पार्टी संगठन प्रति प्रतिबद्ध भएको युवा नेताको रुपमा चिनिन्छन।

प्रतिक्रिया