धादिङको धुनिवेशी नगरपालिका वडा नं ९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएका गाडी र त्यसमा सवार यात्रुहरूको खोजी भइरहेको छ। पहिरोमा पुरिएको अवस्थामा आइतबार बिहान थप एउटा बस फेला परेपछि खोजी कार्य थालिएको हो।
झ्याप्ले खोलामा सनिवारको पहिरोको कारण पुरिएका दुइटा बस र दुइटा माइक्रोबस गरी चार वटा गाडी भेटिएको छ।गाडी पुरिएको ठाउँबाट अहिलेसम्म २९ जनाको शव निकालिएको छ।
आइतबार बिहान मात्रै थप गाडी पुरिएको स्थानबाट १५ जनाको शव निकालिएको हो।यसअघि शनिबार राति सोही स्थानबाट १४ जनाको शव निकालेर पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
उक्त पहिरोमा बुटवलबाट आएको माइक्रोबस, गोरखाबाट आएको बस र चितवनबाट आएको अर्को माइक्रोबसका यात्रुहरु त्यहाँ फसेको जिल्ला प्रहरी कार्यालय धादिङ बताएको छ।
१३ असोज २०८१, आईतबार ०१:२३ मा प्रकाशित
342