अखिल(समाजवादी) केन्द्रीय पदाधिकारी र प्रदेश सह इन्चार्जहरुको बैठक सम्पन्न,यस्ता छन निर्णयहरु !

नबिन के.सी

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङगठन अखिल(समाजवादी) को बैठक सम्पन्न भएको छ।

अखिल (समाजवादी)का अध्यक्ष नरेन्द्र सी को अध्यक्षता र ने क पा महासचिव विप्लव सी को प्रमुख आतिथ्यतामा पदाधिकारी र प्रदेश सहइन्चार्ज हरु सहित त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा बैठक सम्पन्न भएको हो।


अखिल (समाजवादी)का महासचिव प्रकाश सी का अनुसार बैठकमा अध्यक्ष क नरेन्द्र सीले मौखिक प्रस्ताव र आवधिक समिक्षा रिपोर्ट पेश गरे भने  भौतिक र भर्चुअल माध्यामवाट उपस्थित प्रदेश सहईन्चार्ज र पदाधिकारीहरुले कार्यक्षेत्रको रिपोर्ट र सुझावहरु राखेका थिए।

बैठकमा उपस्थित  पार्टी महासचिव क. विप्लव सी ले पछिल्लो विकसित राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, पार्टी स्थायी समितिका निर्णयहरु र विद्यार्थी आन्दोलनका कार्यभारवारे वैठकलाई  मन्तव्य सहित प्रशिक्षित गरेको र अध्यक्ष  नरेन्द्र सीले बैठकमा उठेका विषयहरुलाई स्पष्ट पारेको महासचिव प्रकाश सी ले बताए ।

यसै गरि बैठकले आगामी ४५ दिन (दशैं अगाडी) शिक्षालय सुधार तथा संगठन विस्तार अभियान-२०८१ लाई व्यवस्थित प्रकारले संचालन गर्ने , अभियानको अवधिमा सदस्यता वितरणलाई जोड्ने ,आगामी फाल्गुन १५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनको तयारीमा देशव्यापी लाग्ने , मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको तयारीमा जोड दिने निर्णय गरेको उनले परिवर्तन सन्देशलाई जानकारी दिए।

महासचिव प्रकाश सी का अनुसार  यो अवधिमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने ,केन्द्रीय स्कुलिङ्ग संचालन गर्ने , त्रिवि सुधारका पक्षमा निरन्तर संघर्ष गर्ने ,विद्यालय शिक्षा सुधार र एसईइ को नतिजा संग सम्वन्धित संघर्ष सुरु गर्ने निर्णय गरिएको , सबै प्रदेश र जिल्लाहरुका सापेक्षतामा विविध खेलकुद लगायतका रचनात्मक कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ ।। 

र अन्त्यमा संगठनका अध्यक्ष  नरेन्द्र सीले बैठकमा उपस्थित भएर प्रशिक्षित गरेमा पार्टी महासचिव  विप्लव सी साथै लामो समय विद्यार्थी संगठनलाई फयाक्सन ईन्चार्जको रुपमा नेतृत्व प्रदान गर्ने पार्टी स्थायी समिति सदस्य शिलु सी लाई विशेष धन्यवाद व्यक्त गर्दै बैठकले लिएका महत्वपुर्ण निर्णयहरुको तिव्रताका साथ कार्यान्वयनको अपेक्षा र निर्देशन गर्दै  बैठकको सम्पन्न भएको  बताएका छन।।

प्रतिक्रिया