दाङ जिल्ला क्वानकिडो संघको गठन तथा प्रथम सम्मेलन घोराहीमा सम्पन्न भएको छ।
सम्मेलनले दिपक के सी अध्यक्ष रहने गरि उपाध्यक्षमा सन्जु बिक, उपाध्यक्ष बर्षा ठेडि मगर, सचीव भ्युमान पुन,सह सचीव हिमाल ओलि, कोषाध्यक्ष बिकाश खड्का लगाएत ३ जना सदस्य रहने गरि जिल्ला समिती गठन गरेको छ।।
महेन्द्र बहुमुखी क्याम्पस दाङमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती घोराही उपमहानगर १४ का निवर्तमान अध्यक्ष शक्ति राम डागी,विशिस्ट अथिती घोराही नगर खेलकुद अध्यक्ष नरेन्द्र पुन,विशिस्ट अतिथि क्वानकिडो संघका केन्द्रिय अध्यक्ष सुबर्ण बिसी, अथिती अखिल समाजवादी का केन्द्रिय सदस्य तथा दाङ जिल्ला संयोजक खुम रिजालको आथित्यता र विकास खड्का को सन्चालन भएको कार्यक्रमको अध्यक्षता दिपक केसी ले गर्नु भएको हो।
कार्यक्रममा बोल्ने बक्ताहरुले दाङमा क्वानकिडो खेलको विकासका लागि सहयोग गर्ने बताएका छन । खेल क्षेत्रको विकासले जिल्ला चलामाएनसँगै नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भन्दै त्यसका लागि आ–आफ्नो क्षेत्र बाट सहयोग गर्ने बताउनु भएको छ।