युवाहरुको मर्म र भावना विपरीत गठन गरिएको भन्दै खेलकुद विकास समिती खारेजी गर्न परिवर्तनका युवाहरुले परिवर्तन गाउँ पालिकालाई माग पत्र बुझाउने र गाउँपालिकाले माग सम्बोधन गर्दै उक्त निर्णय लाई खारेज गरेरआम युवा खेलाडी हरुको माग बमोजिम खेलकुद विकास समिति गठन नगरे कडा संघर्षमा जाने निर्णय गरेका छन।
सोमबार दाङको घोराहीमा परिवर्तन गाउँ पालिकाबात दाङ झरेका युवाहरुको सामुहिक भेला बात गाउँ पालिकाले कार्यविधिको नाममा गरेको यस्तो निर्णयले सम्पुर्ण राष्ट्रिय स्तरमा योगदान गरेका खेलाडी,समर्थक शुभचिन्तक ,खेलकुद प्रेमी, आम परिवर्तन बासी सबैलाई निराश बनाएको र यस्तो निर्णयले गाउँ पालिकाको खेलकुदमा विकास हुन नसक्ने बरु उल्तै खेलकुद क्षेत्रमा योगदान दिने हरु निरास भएको बताएको छन।
परिवर्तन गाउँ पालि छ वतै वडाका युवाहरु सहभागी भएको बसाईले तत्काल उक्त निर्णय खारेज गर्न र सबै पक्ष संग छलफल गरेर खेलकुद क्षेत्रमा उच्च तहबाट योगदान गरेका व्यक्तिहरुलाई नियुक्त गर्न माग पत्र बुझाउने र माग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन।।