नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट अरुण सहित ५ जना चीनिया नागरिकको मृत्यु

नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो  १ बजेर ५४ मा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

घटनास्थलमा उद्धारका लागि खटिएका एक प्रहरी अधिकृतका अनुसार मृत्यु हुनेहरुमा ४ पुरुष र १ महिला गरि ५ जना सवार रहेको खुलेको छ । 

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने हेलिकप्टरमा अन्य चार जना सवार चिनियाँ पर्यटक रहेका थिए ।

दुर्घटनामा परि ज्यान गुमाउने चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । 

एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ 

प्रतिक्रिया