नेपाल क्वानकीडो संघको प्रथम राष्ट्रिय अधिवेशन सुवर्ण वि सी को अध्यक्षतामा १९ सदस्य कमिटी निर्वाचित गर्दै काठमाडौको लाजिम्पाटमा सम्पन्न भएको छ।
संघका पूर्व अध्यक्ष भुवन बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व सभामुख ओनसरी घर्ती,विशिस्ट आतिथ्यता पूर्व मन्त्री गणेशमान पुन र आतिथ्यता अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य अनिल के सी को आतिथ्यता रहेको थियो
कार्यक्रमको प्रमुख अतिथि पूर्व सभामुख ओनसरी घर्तीले निर्वाचित कमिति लाई बधाइ दिदै आफुले सक्दो सहयोग गर्ने बताइन् साथै देश निर्माणमा युवा हरुको भुमिका अहम हुने भएकाले खेल क्षेत्रका युवा हरु राष्ट्र निर्माणमा पनि ध्यान दिन अनुरोध गरिन।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री गणेशमान पुन ले संघ लाई आफुले सक्दो सहयोग गर्ने बताए।
यस्तै कार्यक्रमका अतिथि अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य अनिल के सी ले बिगतमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने भनेर बहस छलफलहरु भएको र अहिले उक्त विषय ओझेलमा परेको भन्दै राज्यले खेलकुद विश्वविद्यालय स्थापना गर्ने तर्फ ध्यान दिनुपर्ने बताए ।खेलकुद विश्वविद्यालय स्थापना बाट मात्र खेल क्षेत्र र खेलाडीहरुको बृहतर विकास हुने उनको भनाइ थियो साथै उनले खेल क्षेत्र र खेलाडीहरुको समस्या प्रति राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
नेपाल क्वानकीडो संघको प्रथम राष्ट्रिय अधिवेशन बाट सुवर्ण वि सी को अध्यक्षतामा १९ सदस्य कमिटी निर्वाचित गर्दै सम्पन्न भएको हो।उक्त अधिबेशनमा देशभर बाट तीन सय पचास जना प्रतिनिधि हरुको सहभागिता रहेको थियो।