त्रिभुवन विश्वविद्यालय ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहमा प्रथम बर्ष देखी नै प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।
त्रि वि को निर्णय सार्वजनिक पछि विद्यार्थीहरुमा उत्साह छाएको देखिएको छ।सामाजिक संजाल हरुमा उक्त सूचना राखेर विद्यार्थी हरुले सकारात्मक प्रतिक्रिया जनाइरहेका छ्न।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल( समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले फेसबुकमा एक स्तातास लेख्दै विद्यार्थी संगठनको लामो संघर्ष बाट त्रि वि का परिक्षामा दुबै भाषामा प्रश्नपत्र आउने व्यवस्था भएको छ यस निर्णयले हजारौं विद्यार्थी हरुलाइ सहजता हुने छ भनेका छ्न उनको फेसबुक स्तातस यस्तो छ"हाम्रो संगठन अखिल (समाजवादी) लगायत विधार्थीहरुको लामो संघर्षवाट त्रिवि का परिक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र आउने व्यवस्था भएको छ।नेपाली भाषामा पढाउने तर अंग्रेजी भाषामा प्रश्न सोध्ने अभ्यास अव्यवहारिक थियो।यस निर्णयले हजारौ विधार्थीहरुलाई सहजता हुनेछयस्तै अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सी ले फेसबुक मा स्तातस लेख्दै विद्यार्थी संगठनको औचित्य माथी प्रश्न उठिरहदा यो आन्दोलनले विद्यार्थी संगठनको आवस्यकता र औचित्य पुष्टि भएको छ भनेका छ्न उनको स्तातस यस्तो छ "TU ले नेपाली र अङ्ग्रेजी भाषामा स्नातकका सबै तहमा प्रश्न पत्र लागू गर्ने ।हाम्रो गौरवशाली संगठन अखिल(समाजवादी)को निरन्तर संघर्ष र दबाब, अन्य संघ संगठनहरुको सकारात्मक सहकार्यको कारण यो निर्णय भयको छ ।विद्यार्थी संगठनको औचित्यमाथी प्रश्न उठिरहदा यो आन्दोलनले विद्यार्थी सङ्गठनको आवश्यकता र औचित्य पुष्टि भयको छ"
यस्तै अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय ब्यूरो इन्चार्ज अनिल सी ले बर्षौ देखी उठाउदै आएको एक विद्यार्थीको महत्वपूर्ण एजेन्डा त्रि वि ले पुरा गरेको बताए साथै नेता अनिलले आफुहरुले यस विषयमा लामो समय देखी त्रिभुवन विश्वविद्यालयमा ध्यानाकर्षण पत्र,मागपत्र ,ज्ञापनपत्र बुझाएको र कयौं पटक संघर्ष समेत गरेको बताए ।ढिलै भएपनि विद्यार्थीको महत्वपूर्ण एजेन्डा हरु मध्यको एउटा एजेन्डा पुरा भएको बताए साथै त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपति आएको र त्रि वि सुधारको निम्ति आफुले सक्दो गर्ने प्रतिबद्धता सहित काम सुरु गरेकाले आशावादी हुनुपर्ने बताए ।
त्रिभुवन विश्विद्यालय रजिस्ट्रारको कार्यालय सुचना तथा जनसम्पर्क महाशाखाले शुक्रबार जारी गरेको सूचनामा यस्तो छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’