बाल विकास आधारभूत विद्यालयको ३७ औं वार्षिकोत्सब सम्पन्न

परिवर्तन सन्देश

परिवर्तन गाउँ पालिका वडा नं २ भल्टुङ पुतलाचौर राङ्सी रोल्पामा रहेको श्री बाल विकास आधारभूत विद्यालयको ३७ औं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीको अध्यक्षतामा भएको वार्षिकोत्सब तथा सम्मान कार्यक्रमको परिवर्तन परिवर्तन गाउँपालिका वडा नं २ भल्टुङ पुतलाचौर राङ्सी रोल्पामा  रहेको श्री  बाल विकास आधारभूत विद्यालयको ३७ औं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीको अध्यक्षतामा भएको वार्षिकोत्सब तथा सम्मान कार्यक्रमको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी  खत्रीनि, जनसेवा नमूना मा वि का प्र अ  भिम प्रकाश पुनको विशिष्ट आतिथ्यता रहेको थियो भने राङ्सीमा कृयाशिल राजनीतिक दल नेपाली काङ्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र, विप्लब नेकपा का नेतृत्वहरु, समाजसेवि , बुद्दिजिविहरु, शिक्षकहरु, पूर्व विद्यार्थीहरु, सहयोगीदाताहरुको आतिथ्यता रहेको थियो । 


 विद्यालयका सहायक प्रधानाध्यापक खडक वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर,नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य भिम प्रकाश पुन,आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र घर्ती,अखिल समाजवादीका केन्द्रिय सचिवालय सदस्य अनिल केसी, परिवर्तन गाउँपालिका-२ का वडा सदस्य पूर्ण बहादुर डाँगी, नेपाली कांग्रेसका प्रतिनिधि बलवीर डाँगी , नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका-२ राङ्सीका इन्चार्ज लालबहादुर घर्ती मगर,नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला सदस्य निम बहादुर घर्ती , विद्यालयका पूर्व प्रधानाध्यापक इन्द्र कुमारी घर्ती, जनसेवा नमूना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिज बहादुर विक,रोल्पा नमूना क्याम्पस प्रमुख गोपाल बहादुर केसी,नेपाल राष्ट्रिय मावि रामखुङका प्रधानाध्यापक इन्द्र कुमार पुन र नेकपा एमाले परिवर्तन गाउँपालिका उपाध्यक्ष तिल बहादुर पुन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। 


विद्यालयका प्र अ बीर बहादुर खत्रीले विद्यालय स्थापना गर्नुको उदेश्य, विद्यालय स्थापना गर्दाका संस्थापक देखी हाल सम्मका व्यवस्थापन समिति, प्र अ हरु को बारेमा चर्चा गरेका थिए साथै विद्यालयलाई अझै राम्रो बनाउन सक्दो सबैले सक्दो सहयोग गर्न अपिल गरेका थिए। यस्तै कार्यक्रममा अतिथि रोल्पा नमूना क्याम्पसका क्याम्पस प्रमुख गोपाल के सी ले बिद्यालयले नयाँ कामको सुरुवात गरेकाले सबैले सिक्नु पर्ने भन्दै पुराना अगुवाहरुले गरेको कामको चर्चा गरेका थिए , उनले सबैले भदौ २३ गतेको जेन जी बिद्रोह लाइ स्मरण गराउदै सबैले युवा बिद्यार्थी नयाँ पुस्ताको भावना चाहना अनुसार काम गर्नुपर्ने बताएका थिए । यस्तै कार्यक्रमा अतिथि विद्यालयका पूर्व विद्यार्थी रोल्पा नमूना क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष अनिल के सी ले विद्यालय स्थापना देखी यहा सम्म ल्याइपुर्याउन भूमिका निर्वाह गर्ने हरु प्रति सम्मान व्यक्त गरेका थिए साथै उनले  समाज बिकाशको निम्ति शिक्षा अनिवार्य भएकाले स्थानिय सरकाले योजना बनाएर शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराहरुमा बिशेष जोड दिन अनुरोध गरेका थिए साथै उनले विद्यालयलाई सक्दो आफुले सहयोग गर्ने प्रतिबद्दता पनि व्यक्त गरेका थिए । यस्तै कार्यक्रमका अतिथि एवम निवर्तमान वि व्य स अध्यक्ष लोकेन्द्र घर्तीले आफुले व्यवस्थित योजना बनाएर पक्कि विद्यालय निर्माण को सुरुवात गरेको बताएका थिए साथै सबैको एकता सहकार्य बाट मात्र अगाडी बढेर काममा परिणाम हासिले गर्न सकिने बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथि जनसेवा नमुना मा वि का प्र अ भिम प्रकाश पुन ले आफुले शिक्षण पेशा सुरुवात गरेको विद्यालय नै यहि विद्यालय भएको भन्दै  बिगतको चर्चा गर्दै त्यति बेला जनताको भावना चाहाना अनुसार १७ बर्षको उमेरमा पठपाठन गर्न आएको बताए साथै उनले विद्यालय स्थापना गर्दा अर्थात जिल्ला बाट स्विकृत गराउदा निकै झन्झट बेहोर्न परेको र आफुले त्यसमा अहोरात्र मेहनत गरेको बताएका थिए उनले थपे त्यो बेलाको परिस्थिति निकै भिन्न थियो मलाइ दिउसो को खाजा खान प्रत्यक घरमा बोलाइथ्यो म दिउसो १ बजे देखि २ बजे मध्यान्तरको समयमा प्राय पालैपालो सबैको घरमा पुगेर खाजा नास्ता खाएर विद्यालयमा पुगेर पढाउथे उति बेला मेरो तलब मासिक रु ३००  थियो भन्दै अनुभव सुनाएका थिए साथै उनले विद्यालयले नयाँ कामको थालनि गरेकाले सबैले सिक्नु पर्ने बताएका थिए । यस्तै कार्यक्रममा प्रमुख अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा ले शिक्षा को विकास पछि मात्र मात्र अन्य क्षेत्रको बिकास हुने भएकाले शिक्षाको बिकास मा जोड दिने बताएका थिए साथै उनले आफुले सक्ने सबै विद्यालयलाई सहयोग गर्ने जनाएका थिए ।कार्यक्रममा विद्यालय स्थापना गर्दाका पहलकर्ताहरु, संस्थापक हरु, हाल सम्मका व्यवस्थापन समिति का पदाधिकारी , हाल सम्मका शिक्षकहरु,  हाल सम्म विद्यालयमा अध्ययन गरेर बिभिन्न क्षेत्रमा काम गरिरहेका पूर्व विद्यार्थीहरु , नि:शुल्क जग्गा दान गर्ने जग्गा दाता,विद्यालयलाई आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने सहयोगी दाता लाई सम्मान पत्र,खाडा र अबिर लगाएर सम्मान गरिएको थियो । कार्यक्रम को सञ्चालन विद्यालयका प्रधानाध्यापक वीर बहादुर केसीले गरेका थिए । भने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खुम बहादुर के सी (रोषण) ले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया