चर्चित भेलु बाजे मीन बहादुरको निधन


पछिल्लो केहि वर्ष देखी सामाजिक सन्जालमा चर्चित प्युठान का मीन बहादुर बुढा " भेलु" बाजेको निधन भएको छ।

बिहिवार प्युठान अस्पताल प्युठान मा उपचारको क्रममा उनको मृत्यु भएको हो।

फरक शैलीले बोलेर भाइरल भएका भेलु बाजे छोतो समयमै सबैनेपाली सामु चिनिएका थिय। उनले आफ्नै शैलीमा बोलेर सबै लाई मनोरञ्जन दिने समेत काम गर्दथे।उनको तेहि शैली लाई सबै ले मन पराउन थाले पछि म्युजिक भिडियो समेत खेलाइएको थियो।उनलाइ मेला महोत्सव समेत स्थान दिन थालियको थियो  ।

केहि समय अघि पत्नी को मृत्यु पछि पीडित भेलु बाजे ले रक्सी अत्याधिक खान थाले पछि उनी बिरामी भएका  उनलाई काठमाडौ ल्याएर निशुल्क उपचार गरि रक्सी नखाने सल्लाह दिदै सन्चो बनाएर घर पठाइएका उनी फेरि पहिले जस्तै काम मा फर्किएका थिय।

आज उनको एक्कासि मृत्युको खबर सुन्दा उनका सबै सुभचिन्तक फ्यान हरु दुखित हुँदै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन।


प्रतिक्रिया