रोल्पाको तालावाङमा जिप दुर्घटना हुँदा अहिले सम्म ७ जनाको मृत्यु

रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित अहिले सम्म सात जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा १४जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो ।

अहिले घाइते हरुलाइ जिल्ला अस्पताल रेउघा पुर्‍याएर उपचार भइ रहेको बुझिएको छ।

यसै गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृती सी,नेकपा रोल्पाका सेक्रेटरी सन्दीप सी लगायत नेता कार्यकर्ता रोल्पा जिल्ला अस्पताल पुगेर घाइतेको सहयोगमा जुटिरहेको नेकपा रोल्पा सेक्रेटरी सन्दीप ले बताए।

प्रतिक्रिया