चीनमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, काठमाडौ लगायत देशभर धक्का क्षतिको विवरण संकलन गर्दै गृहमन्त्रालय

 काठमाडौ - चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौँलगायत अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी घरबाहिर निस्केका थिए । 

गृह मन्त्रालयका अनुसार नेपालमा भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त नभइसकेको तर देश भरिको क्षतिको अवस्था बुझिरहेको बताइएको छ।

प्रतिक्रिया