अखिल (छैठौ) ले शिक्षा मन्त्री लाई बुझायो १० बुदे ज्ञापन पत्र,हेर्नुस् कस्ता माग छन ज्ञापन पत्रमा

अखिल (छैठौ) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईलाई आज १० बुदे ज्ञापन पत्र बुझाएको छ।

सो संगठनका अध्यक्ष सुवाश जिसिको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको तर्फबाट वर्तमान शैक्षिक सन्दर्भका साथै समसामयिक मागहरू सहितको ज्ञापन पत्र बुझाएको अखिल (छैठौ) केन्द्रीय उपाध्यक्ष विवेक जि सी ले जानकारी दिए। ज्ञापन पत्र बुझ्दै मन्त्री  भट्टराईले अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन, उच्च शिक्षामा व्यावहारिक शिक्षा, विद्यालयहरूको भौतिक सुधार र विद्यालय शिक्षाको गुणस्तर सुधारका विषयलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको, नीतिगत सुधार गर्दै समग्र शिक्षाको विकासका लागि निरन्तर कार्य गरिरहेको र  विद्यार्थीवर्गबाट प्राप्त भएका सुझावहरूले आफुलाई काम गर्न थप सजिलो हुने, अहिलेको सरकारको संरचना अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकार तीनै तहको जिम्मेबारीमा भएकोले हरेक तहका सरकारले प्राथमिकताका साथ यसलाई हेर्नुपर्ने साथै  स्थानीय सरकारले शिक्षा कोष बनाई शिक्षाको दीगो विकासमा योगदान दिनुपर्ने कुरामा जोड  मन्त्रीले जोड दिएको उक्त संगठनका उपाध्यक्ष  विवेक जि सी ले बताए।

   हेर्नुस् ज्ञापनपत्र यस्तो छ


प्रतिक्रिया