KIIT मा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीको निस्कासनबारेअखिलसमाजवादीको ध्यानाकर्षण


भारतीय राज्य ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक तेस्रो वर्ष अध्ययनरत नेपाली छात्रा बुटवलकी प्रकृतिलम्सालको कलेजकै होस्टलभित्र भएको रहस्यमय मृत्यु र उनको न्यायका लागि प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि कलेज प्रशासनद्वारा गरिएको दमन, दुर्व्यवहार र निस्कासनको घटनाप्रति अखिल (समाजवादी) को   गम्भीर ध्यानाकर्षण भएको बताएको  छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष नरेन्द्र सी उक्त घट्नाले संगठनको ध्यानाकर्षण भएको बताएका हुन।

अध्यक्ष नरेन्द्र सी ले छात्रा प्रकृतिलम्साल प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै भारतमा लामो समयदेखि विद्यार्थीहरू र विशेषत छात्राहरू असुरक्षित रहेको भन्दै मृतक प्रकृति लम्सालको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीहरुको संघर्षप्रति  संगठनको ऐकेबद्धता रहेको छ  बताएका छन।

विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी यथार्थ विवरण सार्वजनिक गर्न, कलेज प्रशासनद्वारा निस्कासन गरिएका विद्यार्थीहरुको सुरक्षा व्यवस्था तथा नियमित पठनपाठन संचालनका लागि सम्बन्धित कलेज र भारत सरकारसँग माग गर्दै तत्काल आवश्यक कुटनीतिक पहल गर्न दिल्ली स्थित नेपाली दुतावास र नेपाल सरकारसँग जोडदार माग  गरिएको छ ।


          विज्ञप्तिको पुर्ण पाठ

       प्रेस विज्ञप्ती                       २०८१/११/०५

KIIT मा भएको प्रकृति लम्सालको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीको निस्कासनबारे ।भारतीय राज्य ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक तेस्रो वर्ष अध्ययनरत नेपाली छात्रा बुटवलकी प्रकृति लम्सालको कलेजकै होस्टलभित्र भएको रहस्यमय मृत्यु र उनको न्यायका लागि प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि कलेज प्रशासनद्वारा गरिएको दमन, दुर्व्यवहार र निस्कासनको घटनाप्रति हाम्रो संगठन अखिल(समाजवादी) को गम्भीर ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम हाम्रो संगठन मृतक छात्रा प्रकृतिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । भारतमा लामो समयदेखि विद्यार्थीहरू र विशेषत छात्राहरू असुरक्षित रहेका छन् । मृतक प्रकृति लम्सालको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीहरुको संघर्षप्रति हाम्रो संगठनको ऐकेबद्धता रहेको छ ।

साथै घटनाको निष्पक्ष अनुसन्धान गरी यथार्थ विवरण सार्वजनिक गर्न, कलेज प्रशासनद्वारा निस्कासन गरिएका विद्यार्थीहरुको सुरक्षा व्यवस्था तथा नियमित पठनपाठन संचालनका लागि सम्बन्धित कलेज र भारत सरकारसँग माग गर्दछौँ । र तत्काल आवश्यक कुटनीतिक पहल गर्न दिल्ली स्थित नेपाली दुतावास र नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

                                            नरेन्द्र सी   

                                             अध्यक्ष 

                                              



प्रतिक्रिया