काठमाडौ ,त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्षको कार्यालय कीर्तिपुरमा संयुक्त ६ विद्यार्थी संगठनले त्रि वि मा राजनीतिक भागबन्डाको अन्त्य लगायत १० बुदे माग सहितको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आजदेखी रिले अनशन सुरु गरेका छ्न।
नेकपा (माओवादी) केन्द्र निकट अखिल (क्रान्तिकारी),विप्लव नेकपा निकट अखिल (समाजवादी), राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं), नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेपाल समाजवादी विद्यार्थी युनियनका त्रि वि जिल्लाका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै रिले अनशन सुरु गरेका छ्न।
विज्ञप्तिमा भनिएको छ विगतदेखी दलगत भागवण्डाको चपेटामा परेको विश्वविद्यालय पटक पटक अनिर्णयको बन्दी हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको कुरा जगजाहेर छ।यसै कुरा लाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रकिया अवलम्वन गरिनु आजको आवश्यकता रहेको छ। यद्यपी यो प्रकियाले पूर्णता नपाउदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयमको मेरिटोक्रेसि विरुद्धको गतिविधिले फेरी पनि दलगत भाडवण्डालाई प्रोत्साहन गरि विश्वविद्यालयलाई अराजगकता तिर धकेलेको प्रस्ट हुन जान्छ । तसर्थ विद्यार्थी संगठन यस कार्य प्रति आपत्ति जनाउदै घोर भत्र्सना गर्दछ। त्यसकारण हाम्रो प्रमुख एजेण्डा भनेको शैक्षिक अराजकताको अन्त्य गरी समग्र विश्वविद्यालय रुपान्तरण गर्नु हो। त्यसका लागी विश्वविद्यालयमा विगत र वर्तमानमा भएका र हुदै आएका कमी कमजोरीहरु सुधार गरी विश्वविद्यालयको रुपान्तरण गर्नका निमित्त संयुक्त विद्यार्थी संगठन निम्न १० बुँदे मागहरु प्रस्तुत गर्दछ ।
त्रिभुवन विश्वविद्यालयले केही समय अगाडी सह परिक्षा नियन्त्रक ५ जना र त्रि वि का आठ वटा संकायका डीन र २ वटा वटा अनुसन्धान केन्द्रका निर्देशक नियुक्ति गरेको थियो। नियुक्ति गर्दा सुरुमा मेरिटोक्रेसीका आधारमा गर्ने भनिएपनी अन्तिममा सत्ताको दबाब र केही राजनीतिक पार्टी र संगठनको दबाब पछि भागबन्डा गरिएको र अहिले क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुको नियुक्तिमा पनि सोही चलखेल सुरु भएकाले त्यसलाई रोक्न र समग्र विश्वविद्यालय सुधारको निम्ति रिले अनशनको आयोजना गरिएको एक विद्यार्थी नेताले बताए।
हेर्नुस् १० बुदे माग सहितको संयुक्त विज्ञप्ति यस्तो छ
त्रिभुवन विश्वविद्यालयमा हुने गरेका शैक्षिक अराजक गतिविधिका विरुद्ध विद्यार्थी संगठन सशक्त रुपमा सघर्ष गर्दै समग्र विश्वविद्यालयको शैक्षिक रुपान्तरण र विद्यार्थीहरुको हकहितको पक्षमा ओकालत गर्दै आएको कुरा सम्पूर्ण सरोकारवाला पक्षहरुमा अवगत नै छ। विगत देखि दलगत भागवण्डाको चपेटामा परेको विश्वविद्यालय पटक पटक अनिर्णयको बन्दि हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको कुरा जगजाहेर छ। यसै कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रकिया अवलम्वन गरिनु आजको आवश्यकता रहेको छ। यद्यपी यो प्रकियाले पूर्णता नपाउदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयमको मेरिटोक्रेसि विरुद्धको गतिविधिले फेरी पनि दलगत भाडवण्डालाई प्रोत्साहन गरि विश्वविद्यालयलाई अराजगकता तिर धकेलेको प्रस्ट हुन जान्छ । तसर्थ विद्यार्थी संगठन यस कार्य प्रति आपत्ति जनाउदै घोर भत्र्सना गर्दछ। त्यसकारण हाम्रो प्रमुख एजेण्डा भनेको शैक्षिक अराजकताको अन्त्य गरी समग्र विश्वविद्यालय रुपान्तरण गर्नु हो। त्यसका लागी विश्वविद्यालयमा विगत र वर्तमानमा भएका र हुदै आएका कमी कमजोरीहरु सुधार गरी विश्वविद्यालयको रुपान्तरण गर्नका निमित्त संयुक्त विद्यार्थी संगठन निम्न १० बुँदे मागहरु प्रस्तुत गर्दछ ।
१. मेरिटोकेसिको आधारमा क्याम्पस विभागीय प्रमुखहरु विनाशतं नियुक्ति गर्नुपर्ने ।
२. डा. पुष्कर रैखोला नेतृत्वको छानविन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोपीलाई कारवाही गर्नुपर्ने ।
३. अध्ययन विदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरुको एकिन विवरण सार्वजनिक गरी उक्त अर्वाधको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने ।
४. त्रिताल आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने ।
५. आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रक्रियाबाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्ने ।
६. त्रि.वि. केन्द्रीय विभागहरुमा अनिवार्य रुपमा Morning/Evening कक्षाहरु सञ्चालन गर्नुपर्ने ।
७. परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई डा. चन्द्रर्माण पौडेल नेतृत्वको कमिटिले सिफारिस गरेका व्यक्तिहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्ने ।
८. पढ्दै कमाउँदै कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य रुपमा संलग्न गराउनुपर्ने ।
९. वि.वि. मा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरुको खुल्ला प्रतिस्पर्धा मार्फत पदपुर्ति गर्न तत्काल नयाँ विज्ञापन प्रकाशन गर्नुपर्ने ।
१०. केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुका लागि अनिवार्य रुपमा इन्टर्नशिपको व्यवस्था गराउनु पर्ने ।