समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको संयोजकमा प्रज्वल सी चयन यस्ता छन निर्णय हरु

समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको संयोजकमा नेकपा परिवर्तन गाउँ पालिका इन्चार्ज पृथ्वी सी प्रज्वल  चयन भएका छन।

बुधबार परिवर्तन गाउँ पालिकाको पुत्लाचौर रोल्पामा बसेको समाजवादी मोर्चा नेपालको बैठकले सहिद परिवार समेत रहेका पृथ्वी सी "प्रज्वल" लाई संयोजकमा चयन गरेको हो।

नेकपा( माओवादी ) केन्द्रको तर्फ बाट माओवादी केन्द्र परिवर्तन गापा अध्यक्ष तथा २ वडा अध्यक्ष हरि प्रसाद बुढा मगर "सम्बेग" ,माओवादी केन्द्र परिवर्तन गापाका कोषाध्यक्ष वीर बहादुर खत्री सहभागी भएका थिय भने ने क पा को तर्फबाट नेकपा परिवर्तन गाउँ पालिका इन्चार्ज प्रज्वल सी ,अखिल ( समाजवादी) का केन्द्रिय सचिवालय तथा त्रिवि व्युरो इन्चार्ज अनिल सी, नेकपा परिवर्तन गापा सेक्रेटरी हिरालाल सी र नेकपा (ए स ) का नेता मन प्रसाद घर्ती को विशेष उपस्थितिमा मोर्चाको बैठक सम्पन्न भएको हो ।

बैठकले  वडा तहसम्म समाजवादी मोर्चा नेपाललाई बिस्तार गर्ने निर्णय गरेको छ जस अनुसार परिवर्तन २ राङ्सी र ५ राङ्कोट वडामा नेकपा (एकीकृत) समाजवादी ले वडा संयोजक को नेतृत्व लिने, ३ नं वडा इरिवाङ र ४ नं पाछावाङ मा नेपाल कम्युनिस्ट पार्टी ने वडा को नेतृत्व लिने र १ नं वडा कुरेली र ६ नं वडा नाफेमा नेकपा माओवादी केन्द्रले नेतृत्व लिने निर्णय भएको छ।

बैठक ले नेकपाका परिवर्तन गाउँ पालिका सेक्रेटरी हिरालाल खड्का "डायमण्ड" लाई  सदस्य सचीव समेत चयन गरेको साथै अन्य महत्त्वपूर्ण निर्णय हरु लियको मोर्चा नेपालले जनाएको छ।

प्रतिक्रिया