सुरेन्द्रले गरे जन्म दिनको अबसरमा शैक्षिक सामग्री वितरण

परिवर्तन सन्देश

परिवर्तन गाउँपालिका वार्ड नं २ राङ्सी रोल्पा निवासी सुरेन्द्र ओली ले आफ्नो जन्म दिनको अवसरमा  जनसेवा नमूना मा वि परिवर्तन २ राङ्सी रोल्पामा अध्ययन गर्ने साना नानी बाबुहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन । परिवर्तन २ राङ्सी धरमशालामा एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री वितरण गरेका हुन । परिवर्तन गाउँ पालिका वडा नं २ राङ्सी अन्तर्गत प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष तथा क्वानकिडो संघ रोल्पा जिल्ला अध्यक्ष समेत रहेका वली विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल रहेर काम गर्दै आईरहेका छन । उनले शैक्षिक सामग्री वितरण गर्दै पछिल्लो समय जन्म दिन मनाउने नाममा विभिन्न विकृति विसंगति भित्रिरहेको र त्यसले समाजमा नकारात्मक असर पारेको भन्दै आफुले सानो भएपनी शैक्षिक सामग्री  वितरण गरेर समाजमा  सकारात्मक सन्देश दिन खोजेको बताए । साथै उनले जन्म दिन एक ऐतिहासिक दिन भएकाले रचनात्मक सकारात्मक तरिकाले मनाउनु पर्ने बताए । उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी रोल्पा नमूना क्याम्पसका अध्यक्ष अनिल के सी ले सुरेन्द्र वली लाई बधाई शुभकामना दिदै विद्यालयमा अध्ययनरत नानीबाबुलाई शैक्षिक सामग्री वितरण गरेर सुरेन्द्र ले अनुकरणीय कामको सुरुवात गरेको बताए। साथै शहर हुँदै बिस्तारै गाउँमा सम्म जन्म दिन मनाउने नाममा बिकृती विसंगति भित्रिएको भन्दै अब देखि जन्म दिन मनाउने सबै ले केही न केही रचनात्मक काम गर्नु पर्ने आवस्यकता रहेको बताए।

प्रतिक्रिया