अखिल (समाजवादी) द्वारा दबाब र्‍याली सहित त्रि वि पदाधिकारी कार्यालय घेराउ

नेकपा निकट विधार्थी संगठन अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय कीर्तिपुर घेराउ गरेको छ ।


केही समय अगाडी त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय वाट विद्यार्थीका उत्तर- पुस्तिका हराएको थियो उक्त विषयमा त्रि वि ले  छानबिन गर्न  त्रि वि का पूर्व रजिस्ट्रार प्रा डा चन्दमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन कमिटी  गठन गरेको थियो ।छानबिन समितिले परिक्षा नियन्त्रण कार्यालय बाट विद्यार्थीको उत्तर पुस्तिका कसरी हरायो भन्ने बारेमा लामो समय अध्ययन गरेर त्रि वि का रजिस्ट्रार लाई प्रतिबेदन बुझाएको थियो।प्रतिबेदनमा परिक्षा नियन्त्रक सहनियन्त्रक लगायत शाखाका कर्मचारीको लापरबाही रहेको भनेर उल्लेख गरिएको गरिएपनी पटक पटक खबरदारी ध्यानाकर्षण गराउदा पनि सम्बन्धित दोषीलाई अहिले सम्म कार्वाही नगरिएकाले छिटोभन्दा छिटो कार्वाही गर्न दबाब र्‍याली र घेराउ कार्यक्रमको आयोजना गरिएको अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले जानकारी दिए।

अखिल (समाजवादी) केन्द्रीय समितिको आयोजनामा भएको आजको दबाब र्‍याली त्रि वि घडी घर अगाडि बाट सुरु भएर रेक्टर ,रजिस्ट्रार कार्यालय हुँदै उपकुलपति कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो।उपकुलपति कार्यालयको कोणसभा पछि परिक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर नाराबाजी सहित र्‍याली समापन गरेको थियो।

प्रतिक्रिया