भुमि समस्या समाधान आयाेग दाङ काे बैठक सम्पन्न भएकाे छ । भुमि समस्या समाधान आयाेग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतकाे अध्यक्षतामा बसेकाे बैठकले गढवा गाउपालिका वडा न २ काे डांडा टाेलमा आषाढ १६ गतेभुमि समस्या समाधान आयाेग दाङ वाट जग्गा दर्ता निर्णय भएका भुमिहिन दलित र भुमिहिन सुकुम्बासी लाई जग्गा दर्ता सम्वन्धि ७ दिने सुचना प्रकाशन गर्न । दाङ जिल्लाका स्थानिय तह मध्य लमहि नगरपालिका काे मजगाउकाे अब्यबस्थित क्षेत्र, लमहिकाे मुसुण्डिका भुमिहिन दलित र भुमिहिन सुकुम्वासि क्षेत्र, गढवा गाउँपालिका गाेविन्दनगर का भुमिहिन दलित र भुमिहिन सुकुम्वासि का क्षेत्र , गढवा कै बाघ नाथ टाेल का भुमिहिन दलित र भुमिहिन सुकुम्बासी रहेकाे क्षेत्र, र राप्ति गाउँपालिकाकाे नयागाउँ क्षेत्र का भुमिहिन दलित र भुमिहन सुकुम्वासिहरू काे कामकार्वाहि अगाडि वढाउने निर्णय गरिएकाे हाे । साथै लमहि नगरपालिका वडा न ३ काे कान्छि टाेलमा गत आषाढ ११ गते वितरण भएकाे जग्गाधनी पुर्जाकाे भु सुचना प्रणालिमा श्रेष्ता, नक्सा कायम गर्नकाे लागि फाईल पन्जिका मालपाेत कार्यलय लमहिमा पठाउने र बंबई गाउँपालिका वडा नं ४ का १०० जना भुमिहिन दलित र भुमिहिन सुकुम्वासि हरूकाे पहिचान र प्रमाणिकरणकाे आधारमा ७ दिन सुचना प्रकाशन गर्न भनी निर्णय गरिएकाे छ ।
उक्त बैठक मा भुमि समस्या समाधान आयाेग का विज्ञ सदश्य यज्ञ नारायण आचार्य , जिल्ला समन्वय समिति दाङका जिल्ला अधिकारी सावित्रा श्रेष्ठ , मालपाेत कार्यालय दाङका प्रमुख कमल प्रसाद पाैड्याल , जिल्ला प्रशासन दाङका प्रतिनिधि विजय गाैतम , भुमि समस्या समाधान आयाेग दाङ का महिला सदस्य हिरादेवि पुन , आयाेग का सदस्य सचिव पुरन चाैधरि , नापि कार्यालय लमहिका प्रमुख प्रदिप ज्ञवाली , मालपाेत कार्यालय लमहिका प्रतिनिधि अरूण कुमार के सि लगाएतका काे उपस्थित रहेकाे थियाे ।
आयाेग का अध्यक्ष बस्नेतले बैठकमा उठेका एजेण्डाहरू माथि छलफल र जबाफ दिदै विभिन्न तहमा रहेर काम गर्दै जादा भैपरि आउने समस्याहरू लाई आयाेग ले चिरेर अगाडि वढ्दै आयाेग ले निर्णय गरेकाे कुराहरू लाई प्रकृयागत रूपमा लागू गर्दै भुमिहिन दलित र भुमिहिन सुकुम्वासिहरू लाई अब काे दुई बर्ष मा हात हातमा पुर्जा दिने गरि आफ्नाे काम लाई अघि वढाउन सवै पदाधिकारि तथा कर्मचारीहरू लाई निर्देशन समेत गर्नुभएकाे थियाे ।
बैठककाे सहजिकरण आयाेग का सदस्य सचिब पुरन चाैधरी ले गर्नुभएकाे थियाे ।