नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव रोल्पा जाँदै

नेपाल  कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रोल्पा जाने  भएका छ्न। रोल्पामा विभिन्न कार्यक्रमहरुमा सहभागी हुन जान लागेको बुझिएको छ।

त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तर बाट रोल्पाको परिवर्तन मा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको आगामी फागुन ३ गते उद्घाटन गर्ने कार्यक्रममा आउन लागेको रोल्पा नमूना क्याम्पस व्यवस्थापन समितिका सचीव अनिल सी जानकारी दिए। साथै उनले बर्षौ देखि पश्चिम रोल्पाली जनताले देखेको क्याम्पस स्थापना गर्ने र उच्च शिक्षा आफ्नै घर आगन बाट लिने सपना साकार भएको भन्दै उक्त सपना साकार बनाउन नेकपाका महासचिव विप्लव सी ले महत्वपूर्ण सहयोग गर्नुभएको र नेकपाका महासचिव विप्लव सी रोल्पाको परिवर्तनमै जन्मिएको साथै राष्ट्रको एक जिम्मेवार,निश्वार्थी ,निष्कलंक ,राष्ट्र र जनताको हितमा हिजोदेखी आजसम्म प्रतिबद्ध भएर नेतृत्व प्रदान गरिरहेको,युवा ,विद्यार्थीहरुमा आशा र सम्भावना हरु देखाइरहेको एक कुशल नेता भएकाले पनि उहालाई निमन्त्रणा गरिएको बताए । क्याम्पस उद्घाटन गरिसकेपछि नेकपा का महासचिव विप्लव सी रोल्पा जिल्लामा विभिन्न राजनैतिक भेटघाट तथा कार्यक्रमहरुमा सहभागी हुने नेकपा रोल्पा जिल्ला सेक्रेटरी प्रज्ज्वल सी ले बताए।

फागुन २ गते साझ परिवर्तन ३ इरिवाङ पुगेर सहिद परिवार लगायत स्थानीय नेता कार्यकर्ता र विभिन्न राजनैतिक पार्टीका नेता कार्यकर्ता संग भेट गर्ने,३ गते क्याम्पस उद्घाटन गर्ने, फागुन ४ गते शहिद परिवार सम्मान गर्ने ,जनयुद्धका घाइते हरु संग भेटघाट गर्ने र तीनवटा गाउँ पालिका थवाङ गापा,परिवर्तन गापा र माडी गापा को पार्टी कार्यकर्ता प्रशिक्षण गर्ने र ५ गते गंगादेव गाउँ पालिकामा खुला आमसभा गर्ने कार्यक्रम तय गरिएको बताए। 

नेकपाका महासचिव रोल्पा आउने  खबर पछि जिल्लाभर चोक,चौतारा,चिया पसल, होटेल ,शैक्षिक संस्था बजारमा चर्चा परिचर्चा भैरहेको बुझिएको छ।

प्रतिक्रिया