ज्ञानेन्द्र शाहीलाई विप्लव प्रती दिएको गैर जिम्मेवार अभिव्यक्ति सच्याउन नेकपाको माग

नेपाल कम्युनिस्ट पार्टीले राप्रपाका सांसद ज्ञानेन्द्र शाही ले नेकपा महासचिव विप्लव प्रती दिएको गैर जिम्मेवार अभिव्यक्ती सच्याउन माग गरेको छ।

सोमबार पार्टी प्रवक्ता प्रकाण्डले एक   प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा माग गरेका छन ।

राप्रपाका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीले  विप्लवलाई पक्राउ पुर्जी जारी भएको हो कि होईन ?, तिनलाई पक्राउ गर्ने कि नगर्ने यो देशमा ?, कानुन सबैका लागि बराबर हो कि होईन, के यो नेपालीले बनाएको कानन हो, पक्राउ पुर्जी  आएको मान्छे प्रधानमन्त्रीसंग मिटिङ गर्दै हिडेका छन। भन्ने जस्ता  अभिव्यक्ति दिएका थिए ।

यो अभिव्यक्ति ३बुँदे सहमति विपरित भएको र उनले फेरि देशमा द्वन्द्व मच्चाउन खोजेको भन्दै उनको चारै तिर आलोचना भइ रहेको छ।

        प्रेस विज्ञप्तिको पुर्ण पाठ



 

प्रतिक्रिया