सामान्य चिकित्सा,नर्सिङ र फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय खारेज गर्न अखिल (समाजवादी) को माग

  CTEVT बाट मान्यता प्राप्त निजी शैक्षिक संस्थाहरुको संगठन Forum of Health and Technical science ले एकलौटी रुपमा शैक्षिक सत्रको मुखमा सामान्य चिकित्सा,नर्सिङ र फार्मेसी विषयमा २५ प्रतिशत शुल्क वृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले  एक प्रेस विज्ञप्ति जारी गर्दै खारेज गर्न माग गरेका छ्न।

विज्ञप्तिमा भनिएको छ शैक्षिक शत्रको मुखमा CTEVT वाट मान्यता प्राप्त निजि शैक्षिक संस्थाहरुको संगठन Forum of Health and Technical Scienceले एकलौटी रुपमा गरेको चिकित्सा, नर्सिङ र फार्मेसी विषयमा २५ प्रतिशत शुल्क वढाउने निर्णय प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको दलाल पुँजीवादी अर्थ प्रणालीले जनताको आर्थिक जिवन संकटपुर्ण वनिरहेको र देश निरन्तरको आर्थिक मन्दीवाट गुज्रिरहेको अवस्थामा संविधानले समेत कल्पना गरेको शिक्षाको मौलिक हक र निशुल्क शिक्षाको प्रावधान विपरित एकतर्फि शुल्क वृद्धि गर्ने निर्णय खेदजनक छ । विद्यार्थी माथी शुल्क थोपर्ने होईन राज्यले शिक्षामा लगानी वढाउन र शिक्षाको व्यायभार राज्यले लिने निति लिनुपर्छ । CTEVT ले शुल्क निर्धारण गर्ने विधि विपरित निजि संस्थाले एकतर्फि वढाएको चर्को शुल्क खारेज गर्न माग गर्दछौँ र आवश्यक कारवाहीका लागि CTEVT प्रशासन र शिक्षा मन्त्रालय संग जोडदार माग गर्दछौँ । अन्यथा हाम्रो संगठन कडा संघर्षमा जाने विषय समेत स्पष्ट गर्दछौँ ।

अघिल्लो बर्ष  ०८० असार २९ गते CTEVT ले सार्वजनिक सूचना प्रकाशन गरी तीनबर्से पिसिएल नर्सिङमा ६ लाख २४ हजार दुई सय ३०, सामान्य चिकित्सामा पाँच लाख २३ हजार आठ सय २० र फार्मेसीतर्फ चार लाख २३ हजार ६ सय ६० कायम गरेको थियो त्यसपछि विप्लव नेतृत्वको अखिल (समाजवादी) लगायत सबै संघ संगठनले चर्को विरोध गरेपछि सोही वर्ष भदौ १ गते CTEVT ले पुनः सार्वजनिक सूचना प्रकाशन गरी शुल्क समायोजन रद्द गरेको थियो।

विज्ञप्तिको पूर्ण पाठ

नेपालमा विद्यमान दलाल पुँजीवादी संसदीय राज्य व्यवस्थामा जनताका आधारभुत अधिकार र मौलिक हकहरु माथि निरन्तर व्यापारिकरण भइरहेको छ र यी सर्वसाधारण जनताको पहुँचवाट टाढा गईरहेका छन । शिक्षा जस्तो संवेदनशिल विषय पनि चर्को व्यापारिकरणको शिकार भईरहेको छ । 

यसै सन्दर्भका शैक्षिक शत्रको मुखमा CTEVT वाट मान्यता प्राप्त निजि शैक्षिक संस्थाहरुको संगठन Forum of Health and Technical Scienceले एकलौटी रुपमा गरेको चिकित्सा, नर्सिङ र फार्मेसी विषयमा २५ प्रतिशत शुल्क वढाउने निर्णय प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको दलाल पुँजीवादी अर्थ प्रणालीले जनताको आर्थिक जिवन संकटपुर्ण वनिरहेको र देश निरन्तरको आर्थिक मन्दीवाट गुज्रिरहेको अवस्थामा संविधानले समेत कल्पना गरेको शिक्षाको मौलिक हक र निशुल्क शिक्षाको प्रावधान विपरित एकतर्फि शुल्क वृद्धि गर्ने निर्णय खेदजनक छ । विद्यार्थी माथी शुल्क थोपर्ने होईन राज्यले शिक्षामा लगानी वढाउन र शिक्षाको व्यायभार राज्यले लिने निति लिनुपर्छ । CTEVT ले शुल्क निर्धारण गर्ने विधि विपरित निजि संस्थाले एकतर्फि वढाएको चर्को शुल्क खारेज गर्न माग गर्दछौँ र आवश्यक कारवाहीका लागि CTEVT प्रशासन र शिक्षा मन्त्रालय संग जोडदार माग गर्दछौँ । अन्यथा हाम्रो संगठन कडा संघर्षमा जाने विषय समेत स्पष्ट गर्दछौँ ।

प्रतिक्रिया