नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) हाल परिवर्तित नाम अखिल (समाजवादी) को २३ औं राष्ट्रिय सम्मेलन यहीँ फागुन ६ गते वाल्मीकि क्याम्पसको प्राङ्गणमा उद्घाटन भइ फागुन ७ गते देखी ९ गते सम्म त्रिभुवन विश्वविद्यालयको स्मृति भवनको हलमा बन्द सत्र समापन भएको थियो ।उक्त सम्मेलनले नरेन्द्र सी को अध्यक्षतामा १८१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।
सम्मेलन बाट अध्यक्षमा निर्वाचित नरेन्द्र सी को पारिवारिक,राजनीतिक सांगठनिक अवस्था ,उनको शैक्षिक अवस्था,त्याग बलिदान ,उनको रुचि ,आगामी योजना बारे बृहत खोज गरि तयार गरेको संक्षिप्त विवरण
• राजनीतिक पृष्ठभुमि
अखिल (समाजवादी) को अध्यक्षमा निर्वाचित अध्यक्ष नरेन्द्र सी को जन्म २०४८ मंसिर १ गते कालिकोट जिल्लाको माल्कोट गाँउमा भएको हो ।नेपालमा २०५२ देखि जनयुद्ध सुरु भएको र त्यसको एक आधार क्षेत्र कालिकोट जिल्ला र माल्कोट गाँउ भएकाले स्वाभाविक रुपमा जनयुद्धको प्रभाव सुरुदेखि नै उनमा परेको थियो । गाँउमा जनमिलिसिया÷जनमुक्ति सेना, हातहतियार, प्रहरीको दमन, पार्टीका कार्यक्रमहरु, सशस्त्र लडाईहरु, जनसत्ता, जनअदालत लगायत देख्दै उनको वाल्यकाल वित्यो ।उनले जनयुद्धको क्रममा २०५८ मा स्थानिय वाल संगठनमा काम गरे र पछि स्थानिय एरिया स्तरमा विद्यार्थी संगठनमा काम गरे । यसवाट पनि जनयुद्ध, जनमुक्ति सेना र पार्टी प्रति उनमा थप आकर्षण पैदा भयो । १० वर्षे जनयुद्धको क्रममा कालिकोट, दैलेख, वाँके जिल्लाका विभिन्न विद्यालयहरुमा भुमिगत रुपमा अध्ययन गरे । उनी विशेषगरि ६२/६३ को जनआन्दोलन पछि काठमाण्डौँ आए । पछिल्लो समय २०६७ सालमा काठमाण्डौँ विश्वविद्यालयमा स्नातक अध्ययनको लागि भर्ना भएपछि सक्रिय रुपमा अखिल (क्रान्तिकारी) को विद्यार्थी राजनितिमा लागे । उनी २०६९ सालमा काठमाण्डौँ विश्वविधालय जिल्लाको अखिल (क्रान्तिकारी) को सचिवको जिम्मेवारीमा निर्वाचित भए । साथै उनी अखिल (क्रान्तिकारी) को १९ औँ राष्ट्रिय सम्मेलन (त्रिवि कीर्तिपुर ) मा २०६९ सालमा काठमाण्डौँ विश्वविद्यालयको प्रतिनिधिको रुपमा सहभागी भएका थिए । २०७१ सालमा काठमाण्डौँ विश्वविधालय जिल्लाको अध्यक्ष्यमा निर्वाचित भएका उनि २०७२ सालमा भएको अखिल (क्रान्तिकारी) को २० औँ राष्ट्रिय सम्मेलन (चितवन) वाट संगठनको केन्द्रीय सदस्यको जिम्मेवारीमा निर्वाचित भए । २०७४ सालमा भएको अखिल (क्रान्तिकारी) को २१ औँ राष्ट्रिय सम्मेलन (दाङ) वाट संगठनको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा निर्वाचित भएका थिए । नेपाल कम्युनिस्ट पार्टी माथि लागेको प्रतिवन्धको वेला उनि २०७७ सालमा पार्टी व्युरो सदस्यको रुपमा जिम्मेवारी वहन गरे । साथै २०७८ सालमा भएको अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन (पोखरा) वाट संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी मा निर्वाचित भए । नेकपाको ९ औँ महाधिवेशन २०७९ (कपिलवस्तु) मा पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भए । भने अहिले २०८० फागुन ६ देखि ९ सम्म काठमाण्डौँमा भएको अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनवाट अखिल (समाजवादी) को केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।
• त्याग बलिदान
पारिवारिक हिसावले जनयुद्धको सुरुवाति चरणदेखि नै उनको परिवार होमिएको हो । नरेन्द्रको परिवार वाट उनका २ जना अंकलहरु शहीद हुनुहुन्छ । उनको घरमा प्रहरीले २०५८ सालमा आगो लगाएको थियो । जनयुद्धमा परिवारका सवैजना जनमुक्ति सेना र राजनितिक काममा सहभागी भएको र नेतृत्व गरेको अवस्था थियो ।
• नरेन्द्रको परिवार बाट २ जना सहिद
नरेन्द्रको घरवाट २ जना अंकलहरु शहीद हुनुभएको छ । उनको माइला अंकल कोपिलाको २०५७ सालमा कालिकोटको मुम्रामा दंगा प्रहरी संगको भिडन्तमा शहादत भएको हो । उहाँ जनमुक्ति सेनामा हुनुहुन्थ्यो । अर्को अंकल क. योद्धाको २०६० सालमा म्याग्दीको सदरमुकाम वेनी आक्रमणका क्रममा सहादत भएको हो । उहाँ जनमुक्ति सेनाको विग्रेड सहकमाण्डर हुनुहुन्थ्यो ।
• शैक्षिक अवस्था, योग्यता
नरेन्द्रको औपचारिक शिक्षा २०५२ सालमा ४ वर्षको हुँदा देखि कालिकोट जिल्लाको माल्कोट सेरापाटामा रहेको नन्दादेवी निम्न मावि वाट सुरु भयो । त्यसपछि उनी आफ्नो आमा सहित १ वर्षका लागि मामा घर कैलाली जिल्लाको लम्की आए र कक्षा १ मा शान्ती मावि वलिया लम्की कैलालीमा अध्ययन सुरु गरे । त्यसपछि फेरी २०५४ सालमा कैलालीवाट कालिकोट गए र कक्षा २ देखि ५ सम्म माल्कोटको नन्दादेवी माविमा पढे । अधययन गर्दा उनी विधालय भरिको प्रथम पनि भएका थिए । त्यसपछि २०५८ सालमा कक्षा ६ मा अध्ययनका लागी माल्कोटकै शान्ती मावि रातिमाटी मा गए । जनयुद्धको चाप र युद्ध र सुरक्षा अवस्थाले गाँउमा वस्ने र पढ्ने वातावरण नभएकाले उनी फेरि कालिकोट बाट दैलेख जिल्लामा आए । २०५९/६० मा उनले दैलेख जिल्लाको नौमुले मावि र सल्लेरी माविमा कक्षा ६ र ७ अध्ययन गरे । युद्धको चापका कारण त्यहाँ पनि उनका लागी धेरै वस्ने र पढ्ने वातावरण बनेन । त्यसपछि उनी २०६० सालमा वाँकेको नेपालगंजमा अध्ययनका लागि आए र त्यहाँ युद्धसंस्कृत मावि नेपालगंजमा कक्षा ८ मा पढे र पछि नारायण मावि नेपालगंजमा कक्षा ९ र १० अध्ययन गरि एसएलसी दिए र प्रथम श्रेणीमा उतिर्ण भए । एसएलसी दिएपछि ऊनी काठमाण्डौँ आए र जेभियर्स कलेज कमलपोखरीमा विज्ञान संकायमा कक्षा ११ र १२ पास गरे । १२ पास गरेपछि २०६७ सालमा काठमाण्डौँ विश्वविधालयमा प्रयोगात्मक भौतिक विज्ञान विषयमा स्नातकमा भर्ना भए र २०७२ सालमा उक्तिण भए । त्यसपछि २०७५ सालमा काठमाण्डौँ विश्वविधालय मै वातावरण र प्राकृतिक स्रोत विषयमा स्नातकोत्तर भर्ना भए र २०७८ सालमा उतिर्ण भए । त्यहि विचमा २०७६ सालमा विश्व वैक, काठमाण्डौँ विश्वविधालय र चीनको वुहान विश्वविधालयको सहकार्यको कार्यक्रम अन्तर्गत चीनको हुवेई प्रान्तको वुहान विश्वविद्यालयमा एक महिनाको लागी जनस्रोत व्यवस्थापन विषय अध्ययन गर्न गए
• जेल र हिरासत
नरेन्द्र अहिले सम्म ४ पटक हिरासत परेका छ्न । पहिलो पटक २०७५ सालमा काठमाण्डौँको वौद्धवाट गिरप्तार परेका थिए । पार्टी माथि राज्यको दमन वढीरहेको थियो । त्यो वेला अभद्र व्यवहार मुद्धामा ११ दिनको हिरासत बसाई पछि वन्दीप्रत्यक्षिकरण मार्फत रिहाई भएका थिए ।
दोस्रो पटक २०७५ माघ मै मोरङ जिल्लाको विराटनगर विमानस्थलवाट गिरप्तार भएका थिए । त्यस वेला हातहतियार तथा खरखजना मुद्धा लगाईएको थियो । २८ दिनको हिरासत वसाई पछि २० हजार घरौटीमा मोरङ जिल्ला अदालतवाट रिहा भएका थिए । तस्रो पटक २०७७ सालमा नेकपा माथी प्रतिवन्धको वेला काठमाण्डौँको वानेश्वरवाट गिरप्तार परेको थिए । त्यो वेला प्रहरीले उनलाई चर्को यातना पनि दिएको थियो । अभद्र व्यवहार मुद्धामा १३ दिनको हिरासतको वसाई पछि वन्दीप्रत्यक्षिकरण मार्फत रिहा भएका थिए । त्यो वाहेक अन्य आन्दोलनका कार्यक्रमहरुवाट उनी २/३ पटक १ दिने प्रहरी हिरासतमा बसेका घटनाहरु छन ।
• रुचि
३२ बर्षिय नरेन्द्रको रुचिको विषय भनेको अध्ययन (भौतिक विज्ञान, समाज विज्ञान, अर्थतन्त्र, ईतिहास, सैन्य विज्ञान, साहित्य आदी), भ्रमण, संगित,कला, खेलकुद हो ।
• आगामी योजना
नेपालमा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र सम्वृद्ध समाजवादी व्यवस्थाको स्थापना साथै सवृद्ध र न्यायपुर्ण नेपाल बनाउने उनको लक्ष्य हो । जनसेवाका काममा जोडीने र गर्न सकिने सेवाका कामहरु गर्दै जाने,नेपालको विद्यार्थी आन्दोलनलाई नेपाली विशेषताको समाजवाद र समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनको दिशामा लगाउने, रचनात्मक र संघर्षसिल कामद्धारा विचारलाई स्थापित गर्दै अगाडी वढ्ने,शिक्षा प्रणाली सुधारका काममा लाग्ने, विद्यार्थीहरुलाई आन्दोलित गर्दै रचनात्मक रुपमा अगाडी वढ्ने ,व्यवहारिक समस्याहरुको समाधानमा विशेष जोड दिने, अल्पकालिन र दृघकालिन रुपमा योजनाहरु निर्दिष्ट गर्ने, विचार र निति विकास, मजवुद र रचनात्मक संगठन, निरन्तर विकास तथा क्षमता वृद्धि, आत्मनिर्भर अर्थ प्रणालीको विकास र निशर्त संघर्ष उनको काममा क्षेत्र हुने योजना छ । संभव भएका कामहरु रचनात्मक रुपमा सम्पन्न गदै विश्वास जित्दै जाने ,समग्र संगठनको क्षमता विकासमा विशेष जोड दिने, साथै निराशाको वादल मडारीरहेको वर्तमान अवस्थामा आशाको दिप वाल्न अखिल (समाजवादी) को नेतृत्व गरेर माथि उल्लेखित काम कुरा हरु पुरा गर्ने उनको योजना रहेको छ।