ने.क.पा द्वारा निर्माणाधिन सडक माल्कोट गाँउ पुग्यो ,जनता द्वारा स्वागत

नेपाल कम्युनिष्ट पार्टीद्धारा निर्माणाधिन कालिकोट जिल्लाको खुलालु–लैफु शहिदमार्गको निमार्ण कार्य माल्कोट गाँउ पुगेको छ । सडक निमार्णकार्य माल्कोट गाँउ पुग्दा सयौँको संख्यामा उपस्थित स्थानिय जनताले निमार्णकार्यमा रहेका नेकपाका नेता कार्यकर्ताहरु, प्राविधिकहरु र स्काइभेटरका चालकलाई स्वागत गरेका थिए ।

लामो समयको कडा मेहनेत र चट्टानयुक्त  भुभाग पार गरेर सडक माल्कोट गाँउ पुगेको हो । यो सडकको निमार्णकार्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ ।  स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्धय क. विवेक सी र अविचल सी, जिल्ला नेताहरु धरातल सी, अर्जुन सी, राधिका सी, राधिका सी, अखिल (समाजवादी) का केन्द्रीय सदस्य संग्राम सी लगायतको उपस्थिति रहेको थियो ।

सडक खण्ड माल्कोट पुगेसंगै स्थानिय जनतामा व्यापक उत्साह थपिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र सी ले बताए । स्थानिय जनताले नेपाल कम्युनिष्ट पार्टी, पार्टी प्रवक्ता क. प्रकाण्ड सी,  निमार्ण कार्यमा खट्ने पार्टी नेता कार्यकताहरु र प्राविधिक टिमलाई धन्यवाद दिएका थिए।

उक्त सडक निर्माण कार्य २०७४ चैत्र बाट सुरुवात गरिएको थियो। करिब १२ किलोमीटर कडा चट्टान र अफ्ट्यारो भु भाग छिचोल्दै सडक माल्कोट पुगेको हो। उक्त सडक लौफु सम्म पुग्ने नेता नरेन्द्र सी बताए ।


प्रतिक्रिया