नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेस बिच भेतवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड को निमन्त्रणामा नेपाल आएका गुटरेस बिच शनिवार दिउँसो १ बजे सिंह दरबारमा स्वागत संगै भेट वार्ता भएको हो।
भेटघाटका क्रममा सकसपुर्ण विश्व राजनीतिमा महासचिवको भुमिका र नेपालको भुराजनिति र विश्व राजनीतिमा नेपालका प्रधानमन्त्रीको भुमिकाबारे भेटमा खुलेर छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचीव रमेश मल्लले फेसबुक पोस्ट मार्फत जानकारी दिएका छन।
स्रोतका अनुसार महासचिव गुटेरेस तीन दिन नेपाल रहदा उच्चस्तरिय भेटवार्ता, लुम्बिनि र पोखराको भ्रमण तथा संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
१२ कार्तिक २०८०, आईतबार ०६:०१ मा प्रकाशित
257