युएन हाबिटेड नेपालकाे सहयाेगमा संञ्चालित भुमि कृषि कार्यक्रम (csrc) दाङले आज दाङकाे गढवामा बार्षिक लेखाजाेखा कार्यक्रम सम्पन्न गरेकाे छ।
गढवा गाउपालिका अध्यक्ष यम नारायण शर्माको अध्यक्षता तथा भुमि समस्या समाधान आयाेग दाङ का अध्यक्ष हुकुम बहादुर बस्नेतकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा भुमि कृषि कार्यक्रम csrc दाङका कार्यक्रम संयाेजक रेमन्त चाैधरिले गढवा गाउँपालिकामा आर्थिक बर्ष ०८१/०८२ भित्र गरिएका प्रगति विवरण सहित भावि रणनीति , सिकाई र अनुभव समेत उल्लेख गर्दै भुमि कृषि कार्यक्रम काे माध्यमवाट गढवामाका जनमासमा परेकाे सकरात्मक सन्देश दिदै अझै गढवा वासिहरू लाई भुमि,र कृषि काे स्वामित्व दिलाउने कुरामा निरन्तर संस्था रहेकाे कुरा ब्यक्त गर्दै गढवामा ९ भुमिहिन दलित र भुमिहिन सुकुम्वासिलाई जग्गा धनि पुर्जाकाे स्वामित्व प्रदान गरि सुरूवातिकाे काम भई बाकि ४९९ जना सकरात्मक सुचिमा रहेका भुमिहिनहरू लाई जग्गा उपलब्ध गराउने गरि गढवामा कार्ययाेजना अघि सारेकाे कुरा समेत ब्यक्त गर्नुभएकाे थियाे ।
त्यसै गरि भुमि कृषि कार्यक्रमका प्रविधिक सागर शर्मा पाेख्रेल ले भुमि कृषि कार्यक्रम अन्तरगत csrc दाङ ले गढवा गाउँपालिकाम गरेकाे कामको प्रतिफल,सिकाईका बिषयमा प्रष्ट पार्नुभएकाे थियाे ।
कार्यक्रममा भुमि कृषि कार्यक्रम csrc का ज्ञान तथा सन्चार ब्यबस्थापक सयोजक अप्राजिता गाैतम, गढवा गाउँपालिका वडा न ३ वडा अध्यक्ष, गढवा गाउँपालिका वडा ६ का वडा अध्यक्ष लगाएतकाे उपस्थितिरहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि भुमि समस्या समाधान आयाेग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत ले भुमि कृषि कार्यक्रम ले भुमि र कृषि सम्बन्धि कार्य गरिरहदा नेपाल सरकार लाई ठुलाे सहयाेयाग भईरहेकाे र गाउँ टाेलमा नै पुगरे भुमिकाे स्वामित्वकाे वारेमा बिभिन्न कार्यक्रमहरू गर्ने हुदा जनमासमा चेतना अभिबृदि भएकाे कुरा ब्यक्त गर्दै भुमि समस्या समाधान आयाेग दाङकाे सहकार्य संस्था संग निरन्तर रहनेकुरा ब्यक्त गर्दै सहभागिबाट उठेका सवालकाे जबाफ समेत दिनुभएकाे थियाे ।
भुमि कृषि कार्यक्रम csrc दाङ का सामुदायिक सहजकर्ता सुस्मा चाैधरिकाे स्वागत मन्तब्य वाट सुरूभएकाे कार्यक्रम काे सहजिकरण संस्थाका कार्यक्रम अधिकृत गाेपाल बि क ले गर्नुभएकाे थियाे ।