पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सडक भासिदा सवारी आवागमन अबरुद्ध

 पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । सडक संचालनका लागी  सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेकोले सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।

प्रतिक्रिया